लुटिएला है सुन

काठमाडौं, २७ वैशाख । लाजिम्पाटस्थित एक होटलमा बिहेभोजमा सहभागी भई बिहीबार साँझ एक दम्पती घर र्फकंदै थिए । भृकुटीमण्डपबाट भद्रकाली जाँदै गर्दा मोटरसाइकल पछाडि बसेकी महिलाको गलामा लगाएको झन्डै ५ तोला बराबरको नेकलेस मोटरसाइकलमा आएका दुईजनाले लुटेर लगे । साँझ साढे ६ बजे नै लुटिएपछि हारगुहार गर्दा मदत गर्ने भने कोही भएन ।

त्यही दिन गोंगबु बानियाँटार पुल नजिक पैदल यात्रा गरिरहेकी ४० वर्षीया इनकुमारी रोकाको ३ तोलाको सिक्री नम्बर नखुलेको मोटरसाइकलमा आएका दुईजनाले लुटे । दुवै घटनाका लुटेरा पक्राउ परेका छैनन् । वैशाखयता १२ महिला लुटिएका छन् । नम्बर प्लेट छोपेको मोटरसाइकलमा आउने गिरोहले सिक्री वा गहना लुटेर भाग्ने गरेका छन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार गत वैशाख १ गतेदेखि २५ सम्म लुटपाटका २८ घटना भएका छन् । त्यस्ता घटना सिंहदरबार, बालाजु, बूढानीलकण्ठ, जनसेवा, कालिमाटी, बानेश्वर, स्वयम्भू र गोंगबु क्षेत्रमा भएको प्रहरीले बतायो । बढी भीडभाड र एकान्त स्थानमा लुटपाटका घटना हुने गरेको प्रहरीले जनायो । प्रहरीका अनुसार यो महिना दसजनालाई जबर्जस्ती नियन्त्रणमा लिई लुटपाट गरेको पाइएको छ ।

यस्तै, ललाइफकाई गरी ५ जना लुटिएका छन् । ट्याक्सीका २ यात्रुसमेत उक्त अवधिमा लुटिएका छन् । ती यात्रुलाई सुनसान स्थानमा लगेर लुटपाट गरिएको प्रहरीले जनायो ।

काठमाडौं प्रहरी प्रवक्ता डीएसपी अर्जुन चन्दले काठमाडौंका १४ वटै वृत्त, परिसर र प्रभागहरू नियन्त्रणको प्रयासमा रहेको बताए । ‘प्रहरीमा ढिलो उजुरी पर्ने गरेकाले घटनामा संलग्नलाई तत्काल नियन्त्रणमा लिन सकिएको छैन,’ उनले भने, ‘लुटिनेबित्तिकै खबर आयो भने प्रहरीले चेक प्वाइन्ट राखेर खानतलासी गर्दै पक्राउ र बरामद गर्न सक्छ ।’

उनले मोटरसाइकलमा चढेर लुटपाट गर्नेहरूले दुईवटा नम्बर प्लेट लगाएर आउने र घटनापछि प्लेट परिवर्तन गरी फरार हुने गरेको बताए ।

प्रहरीले सिक्री लुट्ने र सडकमा हिंड्ने व्यक्तिमाथि हुने अपराधलाई  प्राथमिकतामा नराख्ने गरेकाले अपराधीको मनोबल बढेको जानकारहरू बताउँछन् । प्रहरीले चोरी र लुटपाट जस्ता घटनालाई अपराधको प्राथमिकतामा नराखेकाले यी घटना बढै गएको धेरैको भनाइ छ । ‘प्रहरीको प्राथमिकतामा चोरी नियन्त्रण परेकै छैन,’ एक प्रहरी अधिकृतले भने, ‘छिट्टै चर्चा बटुल्ने र ठूला घटनामा मात्र प्रहरी केन्द्रित छ ।’

वैशाख २० गते काठमाडौं गोंगबुमा स्कुटर चढेर आइरहेकी २८ वषर्षीया निर्मला शेर्पालाई लुटेरा समूहले ठक्कर दिई लडाएपछि लुटपाट गरेका थिए ।  समूहले उनलाई उठाउन आएजसो गरेर सिक्री लुटेर भागेका थिए ।  अनुसन्धानमा प्रहरी लापरबाही र लुटपाट गरिएका सुनका गरगहना सहजै बिक्री हुने गरेकाले पनि यस्ता घटना बढै गएको हो । सुनका गरगहना आधा मूल्यमा सुन पसलेले खरिद गरिदिने गर्छन् । कान्तिपुर दैनिकबाट

२७ बैशाख २०७१, शनिबार ०६:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..