न्यायपरिषदले गरेको निर्णयमा पुनरावलोकन हुँदैन : सदस्य ढुङ्गाना

काठमाडौं, २६ वैशाख । न्यायपरिषदका सदस्य खेमनारायण ढुङ्गानाले आफूहरुले उपयूक्त, सक्षम, ईमान्दार र निष्ठावान ब्यक्तित्वलाई सिफारिस गरेको दाबी गरेका छन् । परिषदको सिफारिस कुनै पनि हालतमा निर्णयमा पुनरावलोकन नहुने उनले बताए ।
काठमाडौंमा आज (शुक्रबार) आयोजित कार्यक्रममा ढुङ्गानाले न्यायपरिषदले धेरै अध्ययन गरेर मापदण्ड भित्रै रहेर राम्रो निर्णय गरेको बताए । ‘न्यायपरिषद आफ्नो निर्णयमा अडिग छ,’ उनले भने, ‘संसदीय सुनवाई समितिले जे गर्छ गरोस हामी फेस गर्न तयार छौं ।’
उनले संसदीय सुनवाई समितिलाई महाअभियोग लगाउन चुनौति दिँदै त्यसका लागि पनि आफूहरु तयार भएको बसेको बताए । यद्यपि उनले संसदीय समितिको निर्णय भने आफूहरुलाई स्वीकार्य भएको स्पष्ट पारे ।
न्यायधीश सिफारिसमा आर्थिक चलखेल भएको आरोपको खण्डन गर्दै उनले आर्थिक चलखेलको प्रमाण दिए आफू पदत्याग गर्न समेत तयार रहेको बताए ।
उनले सर्वोच्च अदालतमा रिक्त १० न्यायधीशको नियुक्ति समेत छिट्ट गरिने जानकारी दिए । न्यायाधीश नियुक्तिका विषयमा बार लगायतसँग छलफल भईरहेको उनले बताए ।
नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले न्यायपरिषदले आर्थिक हिनामिना सहित नैतिक पतनको आरोप लागेका ब्यक्तिलाई आर्थिक चलखेलको आधारमा सिफारिस गरेको आरोप लगाए । उनले यस प्रकारका निर्णयले न्यायालयमा विचलन ल्याउने दावी गरे ।

२६ बैशाख २०७१, शुक्रबार १६:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..