‘संवैधानिक राजतन्त्र र पार्टीको नाम परिवर्तनमा छलफल भएको छैन’

काठमाडौं, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सहअध्यक्ष पदमसुन्दर लावतीले संवैधानिक राजतन्त्र परित्याग गर्ने भन्ने विषयमा आएका समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सहअध्यक्ष लावतीले आज (शुक्रबार) विज्ञप्ति जारी संवैधानिक राजतन्त्र त्याग्ने, राप्रपा नेपालले पार्टीको नाम फेर्ने जस्ता विषयवस्तुमा आएका समाचारहरुप्रति असन्तुष्टि जनाएका हुन् ।
‘महामन्त्री चन्द्रबहादुर गुरुङ समेतको पटक पटक हवाला दिएर, मेरो समेत नाम जोडिएर पछिल्लो समय समाचारहरु प्रकाशन भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भनेका छन् ।
उनले प्रकाशित समाचारहरुमा उल्लेखित व्यक्तिगत वक्तव्यवाजीले आम कार्यकर्तापंक्ति, शुभेच्छुक, शुभचिन्तक, मतदाता लगायतमा पार्टीको नीतिगत अडानलाई लिएर भ्रम सिर्जना भएको जनाए ।
उनले राप्रपा नेपालले संवैधानिक राजतन्त्र सम्बन्धी नीति परिवर्तन गर्ने र पार्टीको नाम फेर्ने भन्ने विषयलाई लिएर हालसम्म पार्टीको कुनै पनि आधिकारिक निकायमा कुनै पनि किसिमको प्रक्रियागत छलफल नै नभएको बताए । उनले भने, ‘प्रस्ताव प्रस्तुत भएको पनि थाहा छैन । त्यसकारण तत् विषयहरुमा पार्टी सदस्यका नाम जोडिएर पटक पटक समाचार किन आइरहेको छ । छानविनको विषय बनेको छ । यस सम्बन्धमा सम्बन्धित निकायबाट छानविन गरियोस् भन्ने माग समेत गर्दछु ।’
सहअध्यक्ष लावतीले राप्रपा नेपालले संवैधानिक राजतन्त्रसम्वद्ध नीति परिवर्तन गर्छ भन्ने सूचना निराधार रहेको बताए । राप्रपा नेपालको नाम परिवर्तन र संवैधानिक राजतन्त्रमा पुनर्विचार गर्ने भन्ने समाचार प्रकाशित भए पछि सहअध्यक्ष लावतीले बिरोध जनाएका हुन् ।

२६ बैशाख २०७१, शुक्रबार १४:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..