बिवाद पछि एमालेको डडेल्धुरा कमिटी विघटन

डडेल्धुरा, २६ वैशाख । एमाले जिल्ला कमिटी डडेल्धुरा विघटन भएको छ । डडेल्धुराका एमाले नेता डा.तारा प्रसाद जोशीको अध्यक्षतमा करिब डेढ वर्षअघि गठन भएको कमिटी विघटन भएको छ । समस्या समाधान समितिले कमिटी अवैधानिक रुपमा गठन भएको निश्कर्ष निकालेपछि विघटन गरिएको हो ।
सातौं जिल्ला अधिवेशनका क्रममा बन्द शत्र सञ्चालन नगरी कमिटी गठन गरिएको भन्दै असन्तुष्ट पक्षले जिल्लामा समानान्तर कमिटी गठन गरेका थिए । डा.जोशीको अध्यक्षतामा रहेको जिल्ला कमिटी र पदम पालको संयोजकत्वमा संगठन कमिटीको नाममा गठन गरिएको समानान्तर कमिटीले छुट्टाछुट्टै रुपमा आ–आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएका थिए ।
संविधानसभाको दोस्रो निर्वाचनताका दुई समूहले छुट्टाछुट्टै प्रचार–प्रसार गरेका थिए । संगठन कमिटीले सभासद ज्ञानु गैरीका पक्षमा प्रचारप्रसार गरेको थियो । जिल्ला कमिटीले भने प्रत्यक्षका उम्मेदवार डा.जोशीको पक्षमा मात्रै प्रचार प्रसार गरेका थिए ।
एमाले स्थायी कमिटीको बैठकले विवाद समाधानका लागि नेता विष्णु पौडेलको नेतृत्वमा समस्या समाधान समिति गठन गरेको थियो । समितिले गरेको सिफारिस बमोजिम कमिटी विघटन गरिएको हो ।

२६ बैशाख २०७१, शुक्रबार १३:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..