प्रधानमन्त्री र नर्वेली प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री सुशील कोइराला र नर्वेली प्रतिनिधिमण्डलबीच जलविद्युत लगानी सम्बन्धमा परामर्श भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (शुक्रबार) भएको भेटवार्तामा जलविद्युत लगानीका विषयमा छलफल भएको हो ।
नर्वेकोे अन्तर्राष्ट्रिय जलविद्युत् क्षेत्रको दक्षिणपूर्वी हेर्ने वरिष्ठ उपाध्यक्ष टिमा लायर उट्ने नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्नका लागि प्रधानमन्त्री कोइरालासँग जिज्ञासा राखेको थियो ।
नर्वेली प्रतिनिधिमण्डलले नेपालमा ऊर्जालगायत क्षेत्रमा अपार सम्भावना भए पनि लगानीका लागि अझै उचित वातावरण निर्माण हुन नसकेको विचार राखेको थियो ।
प्रधानमन्त्री कोइरालाले भने दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाल शान्ति र स्थायित्वतर्फ उन्मुख भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको थियो । भेटवार्तामा नेपालका लागि नर्वेली राजदूत जेल टर्माेड पिटर्सन, हिमाल पावर लिमिटेडका महाप्रबन्धक टम क्रिस्चियन लर्सन र निर्देशक सन्दीप शाहको सहभागिता थियो ।

२६ बैशाख २०७१, शुक्रबार १२:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..