जग्गा प्लटिङमा मापदण्ड बनाइने

काठमाडौं, २६ वैशाख । सरकारले जग्गा प्लटिङमा मापदण्ड बनाउने तयारी गरेको छ । जथाभावी हुने प्लटिङ र त्यसले ल्याउने समस्या रोक्न यस्तो तयारी भएको सहरी विकासमन्त्री नारायण खड्काले बताए ।

एनएलएचडीए घरजग्गा मेला उद्‌घाटन कार्यक्रममा मन्त्रीले समस्या सुधारका लागि यस्तो मापदण्ड आवश्यक रहेको बताए । उनले कम आयस्तर भएकालाई पनि लक्षित गरेर हाउजिङका परियोजना आउन आवश्यक रहेको बताए । ‘तीव्र सहरीकरणका कारण घरजग्गाको कारोबार बढ्न थालेको हो,’ उनले भने, ‘यसलाई व्यवस्थित बनाउन सकिएन भने संकट आउन सक्छ ।’ सबै वर्गमा हाउजिङको पहुँच पुर्‍याउन सबै आयस्तरकालाई लक्षित गरेर निर्माण हुनुपर्ने उनले बताए ।

सहरी विकास मन्त्रालयका सहसचिव सुरेशप्रकाश आचार्यले सरकारले घरजग्गा कारोबारसम्बन्धी विधेयकलाई प्राथमिकतामा राखेको बताए । यसका साथै घरजग्गा अनुसन्धान आयोग बनाएर भएका नराम्रा कामको पनि अनुसन्धान गरिने उनले बताए । ‘केही निर्माणकर्ताले उल्लेख गरे अनुसारको सुविधा नदिएको गुनासो आएको छ,’ उनले भने । उनले घरजग्गा कारोबार पारदर्शी हुन आवश्यक रहेको बताए ।

राष्ट्रिय आवास योजनामार्फत न्यून आय भएकालाई सहयोग गर्ने उनले बताए । ‘मन्त्रालयले न्यून आय भएकालाई पनि खरिद गर्न सजिलो हुने गरी व्यवस्था गर्न लागेको छ,’ उनले भने, ‘सडक विस्तार, खानेपानी र सरसफाइलगायत आधारभूत विकास निर्माणमा पनि लगानी हुनेछ ।’

सहकारी आवासको अवधारणलाई सरकारले अघि बढाउन लागेको उनले बताए । ‘यो अवधारणालाई हाउजिङ डेपलभर्सको सहयोगमा लक्ष्यसम्म पुर्‍याउन सकिन्छ,’ उनले भने ।

उद्घाटन कार्यक्रममा जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाराज तामाङले विदेशी र एनआरएनलाई अपार्टमेन्ट खरिद खुला गर्न नियमावली छिट्टै लागू गर्न पहल गरिरहेका बताए । ‘त्यसले हाउजिङ क्षेत्रलाई ठूलो सहयोग गर्ने थियो,’ उनले भने । सबैका लागि हाउजिङ नाराको साथ व्यवसायी अघि बढ्ने उनले बताए । ‘न्यूनदेखि उच्च वर्गसम्मलाई समेट्ने गरी अघि बढ्नेछौं,’ उनले भने ।

घरजग्गा मेला सुरु, २५ हजारले अवलोकन गरे

काठमाडौं – एनएलएचडीए घरजग्गा मेला बिहीबारबाट सुरु भएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको मेला पहिलो दिन २५ हजारले अवलोकन गरेका छन् । मेलामा २५ हाउजिङ कम्पनीसहित विभिन्न उत्पादक र सेवा प्रदायक सहभागी छन् । ‘मेला ज्यादै उत्साही भएको छ,’ मेला संयोजक मीनमान श्रेष्ठले भने, ‘पहिलो दिन नै धेरै राम्रो प्रतिक्रिया आएको छ ।’ अवलोकनकर्ताले प्रोपर्टी टुर, क्लिनिकलगायतमा विशेष चासो दिएको उनले बताए ।

बिहीबार आयोजकले एक पटक खदिर गर्न इच्छुक ग्राहकलाई विभिन्न हाउजिङ परियोजनाको भ्रमण गराएका थिए । शुक्रबार दुई चरणमा यस्तो भ्रमण गराउने योजना छ । प्रोपर्टी क्लिलिकका खरिदकर्ताले कानुनी, वास्तु, प्राविधिक पक्षबारे जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ । मेला आइतबारसम्म आयोजना हुँदै छ ।

मेला अवलोकनका लागि ५० रुपैयाँको टिकट काट्नुपर्ने व्यवस्था गरिएको छ । पहिलो पटक मेलामा दिउँसोको समय पायक नपर्ने अवलोकनकर्तालाई विशेष व्यवस्था गरिएको छ । ‘कर्पोरेट आवर’ भनेर मेला अवधिमा समय थपिएको हो । यस्तो अवधिमा निमन्त्रणबाट बोलाइएका ग्राहकले भ्रमण गर्न सक्नेछन् । यस्ता अवलोकनकर्ताले बेलुकी ६ देखि ८ बजेसम्म मेला हेर्न सक्नेछन् ।

मेलामा छुटका योजना

काठमाडौं – एनएलएचडीए घरजग्गा मेलामा विभिन्न कम्पनीले छुट र उपहारका योजना ल्याएका छन् । मेलामा सहभागी हाउजिङ, बैंकलगायता अन्य कम्पनीले उपभोक्तालाई खरिदमा छुट उपलब्ध गराएका हुन् ।

मेलाको अवसर पारेर सनराइज टावरले उपभोक्तालाई १० प्रतिशत छुट दिएको छ । सीई कन्सट्रक्सनले पनि आफ्ना उत्पादनमा १० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

वेस्टार रेसिडेन्सीले ५ प्रतिशत, हिल भ्यु हाउजिङले १० प्रतिशत छुट दिएका छन् । डाउनटाउन हाउजिङले बाई ब्याक र रेन्टल ग्यारेन्टीको योजना ल्याएको छ । कम्पनीले ७ दशमलव ७७ प्रतिशत ब्याजमा अपार्टमेन्टका लागि कर्जा उपलब्ध गराउने जनाएको छ । कम्र्फट हाउजिङले मेलाको अवधिमा बुकिङ गर्नेलाई १० र पूर्ण भुक्तानी गरी खरिद गर्नेलाई १२ प्रतिशत छुट दिने जनाएको छ । बृहत् इन्भेस्टमेन्टले ५२ लाख रुपैयाँमा २ आनामा बनेको घर बिक्रीका लागि राखेको छ । सिटी स्केप अपार्टमेन्टले ७ प्रतिशत छुटको व्यवस्था गरेको छ । चितवन र सौरहामा घडेरी खरिद गर्नेलाई १० र ५ प्रतिशत छुटको योजना पनि ल्याइएको छ ।

मेलामा सहभागी स्ट्यान्डर्ड चार्टर्ड बैंक, बैंक अफ काठमाडौं, एनएमबी बैंक र एस डेभलपमेन्ट बैंकले ग्राहकका लागि विशेष योजना ल्याएका छन् । कान्तिपुर दैनिकबाट

२६ बैशाख २०७१, शुक्रबार ०५:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..