सरकारले थप ७२ नयाँ नगरपालिका घोषणा गर्यो

काठमाडौं, २५ वैशाख । स्थानिय बिकाश मन्त्रालयको सिफारिशमा सरकारले नेपाल अधिराज्यभरका जिल्ला सदरमुकाम र नगरोन्मुख गाविसलाई जोडेर ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको छ । हाल ५८ नगरपालिका रहेकामा सरकारले ७२ वटा नयाँ थपेर १ सय ३० वटा नगरपालिका पुर्‍याएको छ । २०६८ को बजेट वक्तव्यमा घोषणा भएर पनि कार्यान्वयन नभएका ४१ नगरपालिका समेत बिहीबार घोषणा गरिएका ७२ वटामै समेटिएका छन् ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्थानीय विकास मन्त्रालयको सिफारिशमा थप ७२ वटा नगरपालिका गठन र सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजालले दिएका छन् ।

नयाँ नगरपालिका घोषणासँगै मुलुकमा नगरपालिका भएका जिल्लाको संख्या ६२ वटा पुगेको छ । यसअघि ४३ जिल्लामा मात्र नगरपालिका थिए । अब नगरपालिका नभएका जिल्ला १३ वटामात्र बाँकी छन् । सरकारले २ सय ८३ वटा गाविसलाई जोडेर ७२ नयाँ नगरपालिका घोषण गरेको हो । अब मुलुकमा गाविसको संख्या घटेर ३ हजार ६ सय ३३ पुगेका छन् ।

२५ बैशाख २०७१, बिहीबार २२:१२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..