छिट्टै नयाँपार्टी बन्छ : नेता रायमाझी


काठमाडौं, २५ वैशाख । एमाओवादीका नेता टोपबहादुर रायमाझीले नयाँविचारसहितको नयाँ पार्टी छिट्टै बन्ने बताएका छन् ।
काठमाडौंमा आज (बिहीबार) आयोजित कार्यक्रममा रायमाझीले नयाँ पार्टी बनाउन सबै शक्तिसँग छलफलले गतिलिइरहेको बताए । उनले नेताहरु पुराना रहेको, विचार संगठन, कार्यक्रम र योजना सबै पुरानो भएकाले नयाँ पार्टी निर्माणको महानअभियानमा बाबुराम भट्टराईको नेतृत्वमाआफूहरु सक्रिय भएको बताए ।
उनले देशलाई निकास दिने खाकावर्तमान नेतृत्वसँग नभएकाले नयाँ पार्टी अनिवार्य भएको उल्लेख गरे । ‘देशको आवश्यकताअनुसारको नयाँ पार्टी छिट्टै बन्छ,’ रायमाझीले भने, ‘नयाँ पार्टी रुपान्तरणसहितको नयाँ सिद्धान्त, विचार, संगठन, अनुहार, कार्यक्रम र योजनासहितको हुनेछ ।’
परिवर्तनको आवश्यकता भइरहने भन्दै उनले देशले चाहे अनुरुपको रुपान्तरण एमाओवादीको विराटनगर सम्मेलनले गर्न नसकेकाले आफूहरु विकल्पमा जान वाध्य भएको स्पष्ट पारे ।
नयाँ शक्ति निर्माणका लागि आफू स्वयं विभिन्न दलका नेता, समाजका बौद्धिक र नेतृत्वदायी क्षेत्रमा रहेकाहरुसँग छलफलमा सक्रिय रहेको उनले बताए । एमाओवादीको संस्थापन पक्षप्रति कडा रुपमा प्रस्तुत भएका रायमाझीले विचार मिलेसम्म सँगै रहनसकिने र नमिलेपछि अलग हुने परिपाठी सामान्य र स्वाभाविक भएको बताए । उनले नयाँ पार्टी गठनको सम्भावना बारेको अभियान चलिरहेको बताए ।
एमाओवादीका अध्यक्ष प्रचण्डले पद त्याग गरे विवाद सुल्झन्छ भन्ने प्रश्नमा व्यक्ति विशेषमा भन्दा विचारमा संघर्ष भइरहेको उनले बताए । आफूहरुले प्रचण्डको विकल्पमा अर्को अध्यक्ष हुनुपर्छ नभनेको उनको भनाई छ ।

२५ बैशाख २०७१, बिहीबार १८:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..