विराटनगरमा कमलपित्तबाट नौको मुत्यु

विराटनगर, २५ वैशाख । दुई हप्तादेखि विराटनगर उपमहानगरपालिका क्षेत्रमा कमलपित्त रोगबाट हालसम्म नौ जनाको मृत्यु हुनाका साथै छ हजारभन्दा बढी व्यक्ति बिरामी भएका छन् ।
खानेपानी संस्थानद्वारा उपलब्ध गराइएको दूषित पानी र बासी सडेगलेका खानाको प्रयोग र सरसफाइको कमीले एक्कासि फैलिएको रोगबाट करिब ८० जनाको अवस्था गम्भीर रहेको विराटनगरमा आज (बिहीबार) आयोजित कार्यक्रममा चिकित्सकद्वारा जानकारी दिइएको हो ।
पैंतीसभन्दा बढी बिरामीलाई विभिन्न अस्पतालका सघन उपचार कक्षमा राखी उपचार भइरहेको छ । ती बिरामीलाई वन तथा भूसंरक्षण मन्त्री महेश आचार्यले पनि भेटी स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
नेपाल चिकित्सक सङ्घ कोसी अञ्चल शाखाद्वारा महामारीका रुपमा फैलिएको सो रोगको रोकथामका सम्बन्धमा चिकित्सकसँग आजै आयोजित छलफलमा रोगको नियन्त्रणका लागि सरकारले यथाशीघ्र ध्यान नदिए ठूलो क्षति हुने बताइएको छ ।
विराटनगरका सरकारी, गैरसरकारी क्लिनिक, नर्सिङ होम, होमियोपेथिक र आयुर्वेदिक औषधालयमा हेपाटाइटिस रोगको उपचार गराउनेको भिड लाग्ने गरेको छ । जनस्वास्थ्य कार्यालय मोरङ, क्षेत्रीय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कुनै खास चासो नदेखाएको कोसी अञ्चल अस्पताल विराटनगरका डा दीपक सिग्देलले बताए ।
सरकारी, गैरसरकारी अस्पताल र नर्सिङ होममा उपचार गराउनका लागि दुई हप्तादेखि दैनिक ५०० व्यक्ति आउने गरेको र तीमध्ये ४०० को जाँचका क्रममा उक्त रोग पाइएको भए पनि तिनीहरुको उपचारका लागि खासै सरकारी छुट र सुविधा नभएको उनको भनाइ छ ।
सङ्घका अध्यक्ष डा महानन्द मिश्र, लाइफगार्ड अस्पतालका चिकित्सक डा कैलाश श्रेष्ठ, डा टङ्क बाराकोटीले रोग विराटनगरका प्रत्येक घरपरिवार सदस्यमा देखापरेको र अवस्था जटिल भई धेरै व्यक्तिको मृत्यु हुन सक्ने भएकाले मन्त्रालयले अविलम्ब विशेष चिकित्सकको स्वास्थ्य टोली, औषधि र बिरामी परीक्षणको व्यवस्था गर्नुपर्ने माग गरे ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले रोग प्रभावितहरुको तथ्याङ्क सही नभएको र रोगको रोकथामप्रति खासै चासो नदेखाएको आरोप अवधनारायण नर्सिङ होमका डा नारायण कुमारले लगाए ।

रौनियारमाथि कारबाही माग

नेपाल खानेपानी संस्थानद्वारा उपलब्ध गराइएको पानी दूषित भएको प्रमाणित भए पनि त्यहाँका कार्यालय प्रमुख सन्तोष रौनियारमाथि कारबाही र स्वच्छ खानेपानी वितरणतर्फ स्थानीय प्रशासनले ध्यान नदिएको बुद्धिजीवीहरुको गुनासो छ ।
चिकित्सले रोगबाट बच्नका लागि उमालेको पानी पिउने, खाना खानु अगाडि साबुन पानीले हात धुने, बजारको खुला खानेकुरा नखाने, सरसफाइमा ध्यान दिने तथा पानी निर्मलीकरण गरेर मात्र पिउनुपर्ने सुझाव दिएका थिए ।
सङ्घले जिल्ला प्रशासन कार्यालय मोरङमा आज ज्ञापनपत्र बुझाई रोग नियन्त्रणका लागि अविलम्ब कदम चाल्न आग्रह गरेको छ । सङ्घका अध्यक्ष डा महानन्द मिश्रको नेतृत्वमा गएको टोलीले सो ज्ञापनपत्र बुझाएको हो ।

२५ बैशाख २०७१, बिहीबार १६:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..