योग्य उम्मेदवारको खोजीमा छु : नेता नेपाल

रौतहट, २५ वैशाख । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू असार महिना हुने पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनका लागि योग्य कर्मठ, युवा, जुझारु एवम् नेतृत्व निर्वाह गर्ने क्षमतावान् उम्मेदवारको खोजीमा रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रौतहटद्वारा आज (बिहीबार) गौरमा आयोजित पत्रकार सम्मेलनमा नेपालले एमालेलाई एकताबद्ध बनाएर अगाडि लैजान सक्ने लाई अध्यक्ष बनाउनु पर्ने बताए ।

‘एमालेलाई एकताबद्ध अगाडि लैजान सक्ने तथा पार्टीमा समावेशिता कायम गर्न सक्ने व्यक्तिलाई अध्यक्ष बनाउनका निमित्त म कार्यकर्तासँग रायसुझाव र सल्लाह लिइरहेको छ,’ उनले भने ।

नेता नेपालले एमाओवादी तथा मधेसवादी केन्द्रित दल स्थानीय निर्वाचनको मुख्य बाधक रहेको आरोप पनि लगाए । पत्रकारले सोधेको एक प्रश्नको जवाफमा एमाले नेता नेपालले भने, ‘एमाले ठूलो पार्टी भएमा ३५ वर्षमा विश्वमा समृद्ध राष्ट्रका रुपमा नेपाल चिनिने छ ।’

२५ बैशाख २०७१, बिहीबार १६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..