राजतन्त्रको मोडल र नाम फेर्ने तयारी

काठमाडौ २५ वैशाख । संविधानसभामा चौथो शक्तिका रूपमा स्थापित राप्रपा, नेपालले संवैधानिक राजतन्त्रको लाइन र पार्टीकै नाम फेर्ने तयारी गरेको छ । आउँदो जेठ १० गते हुने महाधिवेशनमा यससम्बन्धी विशेष राजनीतिक प्रस्ताव ल्याउने गृहकार्यमा पार्टी जुटेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नाम जुध्दा सर्वसाधारणमा भ्रम पैदा भएको, संवैधानिक राजसंस्था बोकिरहँदा बौद्धिक तप्का पार्टीमा खुल्न अनिच्छुक भएको पार्टीले संशोधन गर्न लागेको हो । ‘प्रतिवेदन लेख्ने काम भइरहेको छ । हामी छिट्टै त्यसलाई अन्तिम रूप दिई महाधिवेशनमा लैजान्छौं,’ पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङले भने ।

महाधिवेशनमा पार्टीले लिने कार्यदिशा तय गर्न अध्यक्ष कमल थापाको नेतृत्वमा ३८ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन समिति गठन भएको छ । त्यसको सदस्यसमेत रहेका गुरुङले परिवर्तित सन्दर्भमा कसैले पनि संवैधानिक राजतन्त्र लिएर अघि बढ्न नसक्ने औंल्याए । तर, राष्ट्रियता र दिगो विकासका लागि त्यसको मोडलमा छलफल गरी आलंकारिक (सेरेमोरियल)मा जान सकिने तर्क उनले गरे । ‘हामी आलंकारिक राजसंस्थामा जानुपर्छ भन्नेमा छौं,’ उनले भने ।

पार्टीका केही नेताले भने सांस्कृतिक राजाको प्रस्ताव गरेका छन् । तर, स्रोतका अनुसार नाम परिवर्तनमा सहमति जनाए पनि पार्टीका केही नेताले संवैधानिक राजतन्त्र चलाउन नहुने अडान राखेका छन् । पार्टी सहअध्यक्ष पद्मसुन्दर लावतीको नेतृत्वमा केही सदस्यले संवैधानिक राजतन्त्रलाई पार्टीले छाड्न नहुने प्रस्ताव राखे पनि बहुमतले त्यसलाई अस्वीकार गरेको स्रोतको दाबी छ । अध्यक्ष थापा पनि संशोधनका पक्षमा रहेको र पार्टीभित्र उनकै प्रभाव भएकाले महाधिवेशनबाट प्रस्ताव पारित हुने पार्टीका नेताहरूको भनाइ छ ।

स्थापनादेखि नै संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको नारा बोकेको राप्रपा, नेपालले गत मंसिर ४ गते सम्पन्न संविधानसभा चुनावी परिणामपछि एजेन्डामा संशोधन गर्न लागेको हो । त्यतिबेला हिन्दु राष्ट्रको नाराका कारण बढी मत आएको, संवैधानिक राजतन्त्रलाई भने सर्वसाधारणले रुचि नदेखाएको उसको निष्कर्ष छ । ‘हामीले हिन्दु राज्यलाई नै प्रमुख नारा बनाउँछौं । एक्काइसौं शताब्दीमा सक्रिय वा संवैधानिक राजतन्त्रले काम गर्न सक्छ भन्नु नै मूर्खता हो,’ यही लाइनमा रहेर कार्यपत्र लेखन तयारी भइरहेको जानकारी दिँदै महामन्त्री गुरुङले भने ।

पार्टीको नाम भने के राख्ने भन्ने यकिन भइसकेको छैन । कांग्रेस, एमाले, एमाओवादीसहितका कार्यकर्ता आकषिर्त गर्ने गरी उपयुक्त नाम खोजी भइरहेको पार्टी केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए । ‘अहिलेकै नाम कायम राख्दा पूर्वपञ्चहरूको पार्टी मात्र हो कि भन्ने गुनासो छ । तर त्यसो होइन । हाम्रा एजेन्डालाई अन्य पार्टीका बौद्धिक जगतले पनि राम्रो मानेका छन् । उनीहरूलाई समेत अटाउन सक्ने खालको नाम हामी खोज्दैछौं,’ उनले भने ।

राजधानीमा हुन लागेको महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुँदैछन् । त्यसभन्दा पहिले सबै जिल्लामा अधिवेशन गर्दै कार्यकर्ताको भावना बुझ्ने क्रममा नेताहरू सक्रिय भएका छन् । महाधिवेशनमा सहभागी हुन केन्द्रीय अध्यक्षदेखि सबै पदाधिकारी, केन्द्रीय सदस्य र सभासदहरू तल्लो निकायबाट चुनिनुपर्ने व्यवस्था छ । कान्तिपुर दैनिकबाट

२५ बैशाख २०७१, बिहीबार ०६:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..