घोर सङ्कटमा हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ

जय प्रकाश त्रिपाठी, काठमाडौं, २५ बैशाख । मानिसले पैसाका लागि जे पनि गर्न सक्छन् भन्ने कुराको दृष्टान्त विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रमा देखिएको छ। पशुपति विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले पशुपति क्षेत्रको करिब चार लाख ट्रक माटो ठेकेदारलाई बिक्री गर्ने सम्झौता गरेर उनले ‘त्यस्तो’ दृष्टान्त प्रस्तुत गरेका हुन्। प्राप्त जानकारीअनुसार त्रिभुवन विमानस्थल (बौद्धतर्फ) विस्तार गर्न सात अर्ब रुपैयाँको ठेक्का एक स्पानिस कम्पनीले गत वर्ष पाएकोमा उक्त कम्पनीले प्रतिट्रक चार हजार रुपैयाँका दरले चार लाख ट्रक माटो भर्ने ठेक्का तुँदी कन्स्ट्रक्सन नामक नेपाली ठेकेदार कम्पनीलाई दिएको थियो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले पशुपति क्षेत्रभित्रबाट माटो निकाल्न उक्त नेपाली ठेकेदार कम्पनीसँग मनोमानी सम्झौता गरेको र उक्त सम्झौताअनुसार ठेकेदारले हाल पशुपति क्षेत्र नै विरूप पार्ने गरी माटो निकाल्ने काम आरम्भ गरिसकेको छ। टण्डनले पशुपति विकास कोषलाई प्रतिटि्रप रु. दुई सय पचास र जिल्ला विकास समिति काठमाडौंलाई रु. तीन सय पाउने गरी सम्झौता गरेको भए पनि टण्डनले दुई करोड रुपैयाँ नगद बुझेर उक्त सम्झौता गरेको तुँदी कन्स्ट्रक्सन कम्पनीनिकटको सूत्रले जनाएको छ। विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रको बीचैबीच सडक निर्माण गरेर विश्व सम्पदाकै धज्जी उडाइरहेको बेला चार लाख ट्रक माटो निकालेपछि उक्त धार्मिक क्षेत्रको रूप कस्तो होला, चिन्ताको विषय बनेको छ। विगत एक महिनादेखि तुँदी कन्स्ट्रक्सन कम्पनीका सयौँ ट्रकहरू पशुपति क्षेत्र भत्काएर माटो लैजान परिचालन गरिएका छन्। यति गम्भीर अपराध हुँदा पनि सरकार मौन रहनुलाई रहस्यमयी ठानिएको छ।
यता, यही विषयलाई लिएर पशुपति क्षेत्र विकास कोषका कर्मचारीले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टण्डनले कोषकै केही कर्मचारीको मिलोमतोमा पशुपतिको स्वरूप नै नष्ट गर्ने गरी माटो, बालुवा झिकेर बिक्री गराउने कार्य गरेकालाई तत्काल रोक्न निर्देशन दिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। कर्मचारीहरूले उजुरीमा ‘शिवस्व’ खाने अभियानमा कोषका सदस्यसचिव टण्डनकै अग्रसरतामा कोषको चार किल्ला घटाई त्यसरी घटाइएका क्षेत्रबाट ढुङ्गा, माटो, बालुवा बिनामूल्यमा बिक्री गर्ने अभियान तीव्रताका साथ अघि बढाइएको उल्लेख छ। यसअघि कोषले नै आफ्नो स्वामित्वमा रहेको जग्गाबाट माटो–ढुङ्गा बिक्री नगर्ने नीतिगत निर्णय गरेको थियो। पछि फेरि निश्चित मापदण्ड र आधार तोकी सोभित्र रहेर माटो बिक्री गर्ने नीति लिएको थियो। तर, अहिले त्यसलाई तोडी कोषको चार किल्लाभित्र पर्ने जग्गाबाट माटो बिक्री गराउने टण्डन सक्रिय भएकोले कडा कारबाही गर्न माग गरिएको छ। उजुरीमा सदस्यसचिवले तलब नलिई काम गर्ने भने पनि कोषको चार किल्लाभित्रको जग्गाबाट माटो बिक्री गराउने कामलाई तीव्रता दिएर कोषलाई वार्षिक साढे चार कारोड नोक्सान गराएको पनि उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा द. नं. ८६५५–५१९ रहेको उजुरीमाथि आयोगले कहिले र कसरी कारबाहीअघि बढाउने हो प्रतीक्षाको विषय बनेको छ। माटो बिक्रीका सम्बन्धमा सदस्यसचिव टण्डन पशुपति विकास क्षेत्रबाहिरको जमिन भएको तर्क दिने गरेका छन्। यदि पशुपति विकास क्षेत्रभन्दा बाहिरको जमिन हो भने विकास कोषलाई ठेकेदार कम्पनीसँग सम्झौता गर्ने अधिकार कसरी भयो भन्ने प्रश्नको जवाफ दिन सक्ने अवस्थामा भने उनी छैनन्। धार्मिक सङ्घ/संस्था, राज्य र सरोकारवाला अन्य निकायहरूले तत्काल हस्तक्षेप नगर्ने हो भने पशुपति क्षेत्र विरुप हुन अब धेरै दिन प्रतीक्षा गर्नुपर्ने देखिएको छैन।

२४ बैशाख २०७१, बुधबार २२:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..