क्यालिफोर्नियामा साकेला-उभौली सम्पन्न

क्यालिफोर्निया । बैशाखे पुर्णिमाको दिन उत्तरी क्यालिफोर्नियाको प्रसिद्ध शहर सान फ्रान्सिस्कोको गोल्डेन गेट पार्कमा नेपालको एक सुप्रशिद्द आदिवासी जाति किराँतहरुको साकेला उभौली-२०१२ भव्य रुपमा सम्पन्न भएको छ। यस सान फ्रान्सिस्को वे एरियामा बसोबास गर्ने जनजातिहरू मध्य शेर्पाहरूको शेर्पा ल्होसार, गुरुङहरूको तमु ल्होसार र तामाङहरूको डम्फु साँझ यो क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरूको साझा चाड बनेको परिप्रेक्ष्यमा किराँत राईहरूको कार्यक्रम हुन नसकेकोमा किराँत राईहरू मात्र होईन सबै जातिहरूले खल्लो महसुस गर्ने गरेका थिए। किराँतहरूमा राई लिम्बू, सुनुवार र याक्ख्या पर्ने भएकोले आ-आफ्नो आन्तरिक व्यवस्थापन मिलाउन समय लागे पनि यसपालि सबै किराँत राईहरू एक भएर साकेला कार्यक्रमको आयोजना गरेकोमा आयोजक समितिलाई सबैले धन्यवाद दिएका छन्। यसपटक युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका(UKROA) क्यालिफोर्निया च्याटरको आयोजनामा यो कार्यक्रम भएको थियो ।

कार्यक्रमको शुभारम्भ सो संस्थाका सचिव यान राईबाट भएको थियो। यान राई लामो समयदेखि समाजसेवा गरिरहनु भएको व्यक्तित्व हुनुहुन्छ। एनएएनसीको प्रजातन्त्रिकरण पछिको पहिलो निर्वाचित अध्यक्ष यान राई नेपाल विश्व सहयोग संघ (NAGC) का संस्थापक उपाध्यक्ष पनि हुनुहुन्छ। संस्थाको परिचय, किराँती संस्कृति र साकेलाको बारेमा सँक्षिप्त प्रकाश पारे पछि बे एरियाका प्रशिद्द समाजसेवी तथा एनएएनसी अन्तरिम समितिका उपाध्यक्ष संस्थाको सल्लाहकार तेज राईलाई कार्यक्रम सन्चालन गर्न माइक हस्तानन्तरण पश्चात उहाँले औपचारिक कार्यक्रम संचालन भएको थियो।

संस्थाको अध्यक्ष देव राईको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख आतिथ्य, NRN NCC USA का उपाध्यक्ष तथा युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाका केन्द्रिय अध्यक्ष मिलन राईले बाल्टिमोरबाट आएर गर्नु भएको थियो। सो समारोहमा सहभागी हुन संस्थाका केन्द्रीय उपाध्यक्ष बोस्टनबाट श्यामा राई, न्यु इंग्ल्याण्ड च्याप्टरका अध्यक्ष बिष्णु राई, नेब्रास्का च्याप्टरका अध्यक्ष प्रेरणा राई, सदस्य जेनिना राई, न्यु योर्क च्याप्टरका सदस्य मुना राई, गुरुङ सोसाइटी अफ न्यु योर्कका अध्यक्ष मेख गुरुङ, मेलिसा गुरुङ, मेगन गुरुङ, कला राई आउनु भएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, बर्तमान नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष साथै NRN NCC USA का महासचिब शिव राई बिशेष अतिथि रहनु भएको थियो। सो सुखद अवसरमा संस्थाका सदश्य रविन्द्र राईले किराँत संस्कृतिको महत्व र उपादेयतामाथी प्रकाश पार्दै यसको संरक्षण र सम्बर्धन गर्नु प्रत्येक राष्ट्रवादी नेपालीको कर्तव्य भएको बताउनु भएको थियो। कार्यक्रममा किराँतीहरुको परम्परा अनुसार कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष देव राई द्वारा पुर्खाहरूको सम्मान गरिएको थियो; सम्मानित हुने पुर्खाहरूमा राई मध्ये न्यु ह्याम्प्शायरबाट कार्यक्रममा सहभागी हुन आउनु भएका ६८ बर्षीय खडिमान राई, उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने कविन्द्र सुनुवार, सुरेन्द्र फोम्बो र याक्ख्याहरुको तर्फबाट किराँतीहरुको चेली प्रशिद्ध गायिका श्रीमति शिवा देवान दिपबिम हुनुहुन्थ्यो। त्यसै गरि सुप्रशिद्द संगितकार मदन दिपबीमलाई संस्थाको लोगो अँकित टोपी लगाई दिएर सम्मानित गरिएको थियो।

सो कार्यक्रमका प्रमुख आकर्षण किराँतीहरुको पुजारी ईन्द्र राईले उभौली पूजा (अथवा भूमी पुजा) गर्नु भयो। पुजा सकेपछी उहाँले ढोलेलाई ढोल र झ्याम्टा बजाउनेलाई झ्याम्टा दिई नाच अगाडी बढाउन संकेत गर्नु भयो। साकेला नाच्ने क्रममा पहिलो चरण किराँत राई भेषभुषा, गरगहनामा सजिसजाउ भएका महिलाहरुले राईहरुको सिली ढोल र झ्याम्टामा प्रदर्शन गरेका थिए, क्रमश: तिनै सिलीहरुलाई सबै राईहरुको ठुलो समूह र उपस्थित सम्पूर्ण पाहुनाहरुलाई नचाएर रमाइलो साथै प्रदर्शन गरेका थिए। अरु भन्दा भिन्न देखिने सो साकेला नृत्यलाई सबैले प्रशंसा गरेका पाइयो, सडकमा हिड्ने मानिसहरुको पनि ध्यान आकर्षण भएको थियो। नि:शुल्क प्रवेश रहेको यो कार्यक्रममा आयोजकहरूको आतिथ्य उच्च कोटीको थियो। नाम दर्ता गर्नेहरूले स्वेच्छाले चन्दा पनि दिएका थिए तर अनिवार्य गरिएको थिएन। सेलरोटी, तरकारी, आलुको अचार, नेपाली दालभात, कुखुरा र बंगुरको सेकुवा, वाइन बियर, मिनरल वाटर, सोडा तथा घरेलु हल्का मदिरा नि:शुल्क रुपमा बितरण गरिएको थियो भने उत्तर क्यालिफोर्नियामा सेवारत संघ सस्थाका अध्यक्षहरू, पदाधिकारीहरू, पत्रकार, व्यापारी, विद्यार्थी बुद्दिजिवीहरू लगायत उपस्थित करिब ५०० सय भन्दा बढी सहभागीहरू समूह समुहमा खाने, पिउने र हास खेल गरेर भरपुर मनोरन्जन लिएका थिए। प्राय: सम्पुर्ण किराँत दाजुभाईहरू दौरा सुरुवाल र ढाका टोपिमा सजिएका र दिदि बहिनिहरू पनि परम्परागत चोली, छिटको फरिया र गर गहनामा सजिएर आएकोमा सहभागीहरूलाई आफू नेपालकै कुनै पुर्वी भागमा भएको महसुस गरि रहेका थिए।

कार्यक्रम दिनभर लगातार संचालन गर्ने क्रममा दोश्रो चरण मनोरंजन अन्तर्गत बरिष्ठ संगीतकार, रचनाकार तथा गायक मदन दिपबिम र शिवा दिपबिमको अगुवाईमा स्थानीय किराँती महिलाहरुले उहाँबाट रचित गीतहरु गाएका थिए। त्यसबेला भए भरका श्रोताहरु उठेर नाच्न आई पुगेका थिए । किराँती चेलीहरु स्मारिका राईले सोलो गीत गएकी थिइन भने दिदि बहिनि बिनिता राई र एलिना राईले नाचेर मनोरंजन दिएका थिए; तत्पश्चात साकेला संग-संगै अन्य पुर्बेली लोकलयमा आधारित गीतहरुमा करिब २ घण्टासम्म सबै जनाले मच्ची-मच्ची नाचेर रमाइलो लिएका थिए। अन्तिम चरणको यो मनोरन्जनात्मक कार्यक्रम सरु सुब्बा राईले आकर्षक ढंगबाट संचालन गरेकी थिइन भने म्युजिक व्यवस्थापन(DJ) घल्हांग राईले संचालन गरेको थियो। अन्तिम चरणमा पुन: एक पटक साकेला सिलीमा सबै जना ढोल झ्याम्टा बजाउदै, साकेला गीतमा नाचेर कार्यक्रम ६ बजे समाप्त गरेका थिए।

२७ बैशाख २०६९, बुधबार ०२:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..