जेठ–१४ गते कालो दिनका रुपमा मनाउने

काठमाडौं, २४ वैशाख । नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले संविधानसभा विघठन भएको जेठ १४ गतेका दिन बृहत प्रदशर्नको तयारी गरेको छ ।
राजधानीमा आज (बुधबार) बसेको बिघटित कार्यदलको बैठकले जेठ १४ गते प्रदर्शन गर्ने कार्यक्रम तय गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टीका सचिवालय सदस्य टीका हमालले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारका कार्यकालमा पहिलो संविधानसभा विघठन भएको थियो । सो दिनलाई कालो दिनका रुपमा मनाउन बृहत प्रदर्शनको कार्यक्रम राखिएको उनले बताए ।
‘कार्यदलको बैठकले जेठ–१४ गते प्रदर्शनको कार्यक्रम राखेका छौं,’ हमालले भने, ‘३३ दलको बैठक बसेर कार्यक्रमलाई प्रभावकारी बनाउने थप निर्णयहरू गर्ने छ ।’
बैठकले कार्यदलको स्थानमा संयोजन समिति बनाउने निर्णय पनि गरेको छ । समितिमा केही सदस्य थप गरिने छ ।
नेकपा–माओवादीको ३३ दलीय गठनबन्धले द्वन्द्वकालमा पक्राउ परेर बन्दी जीवन विताइ रहेका नेता तथा कार्यकर्तालाई पनि रिहाइ गर्न माग गरेको छ । कारागार र बन्दी जीवन विताइ रहेकाहरूलाई भेट गरी समस्या बुझ्ने निर्णय पनि कार्यदलको छ ।

२४ बैशाख २०७१, बुधबार १८:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..