धर्म परिर्वतनमा डलरको खेती भइरहेको छः अध्यक्ष थापा

हिन्दु धर्मको माग गर्दै धनगढीमा गाई सहित पदर्शन
कैलाली, २४ वैशाख । राप्रपा नेपाल कैलालीले सविधानसंभा उपनिर्वाचन लाई लक्षित गरी आज (बुधबार) धनगढीमा -याली निकालेको छ । हिन्दुधर्म र गौरक्षा गरौ भन्ने मूल नाराका साथ धनगढी क्याम्पस रोडदेखि ट्राफिक चौराहसम्म ¥याली निकालेको हो ।
गाई र पञ्चेबाजाका साथ नाराबाजी गदै ट्राफिक चौराहमा पुगी कोणसभामा परिणत भएको थियो । -यालीपछि कोणसभालाई सम्बोधन गदै अध्यक्ष कमल थापाले विभिन्न गैरसरकारी संघ संस्थाहरु डलरको भरमा गैरसकारी संस्थाहरु धर्म परिर्वतन गर्ने दाउमा लागेको आरोप लगाए ।
उनले जनताको अभिमत बिना नै ६२/६३ आन्दोलनपछि मुलुक धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए । जनतालाई लोभलालच, भ्रम सिर्जना गरी हिन्दु राष्ट्र घोषणा गरेकाले राप्रपालाई मान्ने हुने छैन् उनले भने यदि जनमत संग्रहबाट घोषणा भएमा कुनै आपत्ति पनि छैन् ।
विभिन्न गैर सरकारी संस्थालाई धर्म परिर्वतन गर्न लगाएकाले यस्तो कार्य तत्काल रोक्न पनि उनले आग्रह गरे । यदि नरोकिएमा त्यसको क्षति राज्यले लिनुपर्ने छ । धर्म परिर्वतनले मुलुकको धार्मिक सांस्कृति र प्ररम्परागत खतरामा परेकाले यसलाई रोक्नु सम्पूर्ण जनसमूदमय लाग्नुपर्ने उनले जोड दिए ।
राप्रपा नेपालले धर्म परिर्वत गराउनमा आदिवासी जनजाति र दलित समूदायलाई प्रयोग गरिरहेको बताए । ८१ प्रतिशत हिन्दु भएको नेपालमा जनताको भावना नै नबुझि राज्यले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको बताए । राप्रपा नेपालको वुधवार नै दोस्रो जिल्ला अधिवेशन सुरु भएको छ ।

२४ बैशाख २०७१, बुधबार २०:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..