सरकार र संसदीय दलबीच परामर्श साथ अघि बढ्न सुझाव

काठमाडौं, २० वैशाख । कांग्रेसका सभासदहरुले सरकार र संसदीय दलबीच समन्वय गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । उनीहरुले संसदीय दलको सुझाव अनुसार अघि बढे मात्रै सरकारले प्रभावकारी काम गर्न सक्ने बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सरकारको कामकारबाही प्रभावकारी बनाउनु पर्ने सुझाव दिए । उनीहरुले सरकारको आलोचना सुरु भएको भन्दै सचेत रहन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरे ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका साथै सरकारका कामकारबाहीलगायतमा छलफल भएको कांग्रेसले जनाएको छ । सरकारको कामकारबाहीलाई लिएर आलोचना भएका बेला प्रधानमन्त्री समेत रहेका सभापति कोइरालाले बैठक बोलाएका हुन् ।
सरकारको एकसय दिन पुग्ने दिन नजिकिँदै गर्दा कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसेको हो ।

२० बैशाख २०७१, शनिबार १८:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..