आलोचना भन्दा सकारात्मक सुझाव दिनुस् : कोइराला

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले पत्रकारिता पेशालाई ब्यवसायिक र समृद्ध बनाउन सरकारले सहयोग गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघको २४ औँ महाधिबेशनको आज (शनिबार) राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरूको हल गरेर पेशालाई लोभलाग्दो बनाउन पहल गर्ने बताए ।

‘उचित पारिश्रमिकको प्रबन्ध मिलाएर पत्रकारिताको स्तर अझ बढाउन सहयोग गर्छु,’ उनले भने, ‘अबको १५/२० बर्षमा सबै पत्रकारहरुले कार चढ्न सक्ने हैसियत राख्नेछन् ।’

प्रधानमन्त्री कोइरालाले मुलुक तरवारको धारमा हिँडेको बताए । तरवारको धारबाट चिप्लिएर गम्भीर परिणाम नआओस् भनेर राजनीतिक दल, पत्रकारका साथै सबै क्षेत्र मिलेर समयमै संवधान बनाउनु पर्ने बताए । दोश्रो संविधानसभाको निर्वाचन पछि देश सकारात्मक दिशामा अगाडि बढिसकेको उनको भनाई थियो ।

बिगतमा पत्रकारहरूको भूमिका सह्रानीय रहेको बताउँदै उनले संविधान निर्माणमा पनि लोकतान्त्रिक आन्दोलनमा जस्तै सहयोग गर्न आग्रह गरे ।

सरकारले छोटो समयमा नै उपलब्धी मुलक काम गरेको दाबी गरेका प्रधानमन्त्री कोइरालाले आलोचना भन्दा पनि सकारात्मक भएर सुझाव दिन आग्रह गरे ।

सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सञ्चार नीति नै पूर्ण नभएकाले पत्रकारिता क्षेत्रमा समस्या रहेको बताए । उनले चाँडै सूचना प्रसारण ऐन र सूचना सञ्चार ऐन ल्याउने बताए ।

आगामी बजेटमा सरकारी बिज्ञापन २५ प्रतिशत् बढाउन अर्थलाई पत्राचार गरिसकिएको रिजालले बताए । न्यूनतम पारिश्रमिकलाई अझ उचित रुपमा तोकेर श्रमजीवी पत्रकारका पक्षमा काम गर्ने उनको भनाई छ ।

एमालेका अध्यक्ष झलनाथ खनालले पत्रकातिताका समस्याहरूलाई चाँडै सम्बोधन गर्नुपर्ने बताए । उनले सरकारसंग छलफल गरी पत्रकारको पुनः उचित पारिश्रमिक निर्धारण गरेर कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे ।

पत्रकार महासंघको २४ औँ महाधिवेशन आज र भोलि दुई दिनसम्म काठमाडौंमा चल्ने छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ ।

२० बैशाख २०७१, शनिबार १४:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..