स्याललाई गोली हान्दा महिलाको मृत्यु

तनहुँ, २० वैशाख । भरुवा बन्दुकको छर्रा लागेर देउराली–३ बस्ने ४५ बर्षीया आसमायाँ गुरुङको मृत्यु भएको छ । गोली हानेको आरोपमा सोही ठाउँका ६० बर्षीय शुक बहादुर गुरुङ फक्राउ परेका छन् । नाकाखोलाको जंगलमा बाख्रा चराउन गएको बेला बैशाख १८ गते गुरुङले स्याल आयो भनी गोली प्रहार गर्दा घाँस दाउरा लिन गएकी आसमायालाई गोली लागेको थियो ।

छर्रा लागेर गम्भीर घाइते भएकी उनलाई चितवन मेडिकल कलेजबाट थप उपचारको लागि न्यूरो अस्पताल बाँसबारी काठमाडौँ लगिएकोमा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो । अभियुक्त सुकबहादुरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२० बैशाख २०७१, शनिबार ०५:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ । प्रदर्शनको क्रममा..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..

बाइडेनद्वारा आफ्नो प्रशासनमा रहने ६ व्यक्तिको नाम सार्वजनिक

न्यूयोर्क । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले सत्ता सम्हाल्ने तयारीका निम्ति आफ्नो सरकारका..