रोजगारीका लागि भारत गएका ४७ बेपत्ता

बेलौरी (कञ्चनपुर), १९ वैशाख । रोजगारीका लागि भारत गएका कञ्चनपुरका विभिन्न पाँच गाविसका ४७ जना बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ गएका उनीहरु झन्डै १५/२० वर्षदेखि परिवारको सम्पर्कमा समेत छैनन् ।
भारत गएका नेपाली नागरिकहरुको पक्षमा काम गर्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जिल्लाका पाँच गाविसका परिवारजनसित भेटेर एक महिलासहित ४६ पुरुष परिवारको सम्पर्क बाहिर रहेको तथ्य फेला पारेको हो ।
कञ्चनपुर जिल्लाबाट यसभन्दा बढी व्यक्ति हराएको हुन सक्ने प्रवासी सञ्जाल समाज कञ्चनपुरले जनाएको छ । समाजका सचिव देवराज भट्टले सुरक्षित आवागमनलगायत भारतमा रोजगारी गरिरहेको नेपालीको अवस्थाबारे अध्ययन हुनुपर्नेमा जोड दिए ।
कञ्चनपुरका हराएकाहरुको सूची तयारी पारी खोजतलासका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिने सचिव भट्टले बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले भारतमा हराएका नेपालीको खोजीका लागि दुवै देशका राजदूतमार्फत पहल हुनुपर्ने बताए ।

१९ बैशाख २०७१, शुक्रबार २०:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..