कञ्चनपुरमा निःशुल्क वितरित औषधि गुणस्तरहीन

कञ्चनपुर, १९ वैशाख । जिल्लाका स्वास्थ्य चौकी र अस्पतालमा बिरामीलाई निःशुल्क वितरण हुने औषधिको गुणस्तर प्रभावकारी नहुने गरेको पाइएको छ ।
औषधिको गुणस्तर कमसल हुने गरेका कारण बिरामीमा छिटो औषधिले असर नगर्दा अधिकांश बिरामी उपचारका लागि निजी मेडिकलमा पुग्ने गरेका छन् ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत बलबहादुर महतले ठेक्का सस्तोमा सदर हुँदा सोहीअनुरुप ठेकेदारले न्यून गुणस्तरको औषधिको आपूर्ति गर्ने गरेको बताए । ‘गुणस्तरयुक्त औषधिका लागि सोहीअनुसारको ठेक्काको दर रेट निर्धारण हुनुपर्छ,’ उनले भने ।
जनस्वास्थ्य कार्यालय कञ्चनपुरले चालु आवका लागि २४ लाखको निःशुल्क औषधिका लागि रकम परिचालन गरेको छ । जिल्ला विकास समितिले १५ लाख बराबरको औषधि जनस्वास्थ्य कार्यालयलाई उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट समेत औषधि उपलब्ध हुने गरेको अधिकृत महतको भनाइ छ ।
स्वास्थ्य चौकीलाई ३४ र प्राथमिक स्वास्थ्य केन्द्रलाई ४० प्रकारको निःशुल्क औषधि वितरणका लागि उपलब्ध गराइने गरिएको छ । स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइने औषधिको सङ्ख्या कम भएका कारण समेत बिरामीहरूले निजी मेडिकलबाट औषधि खरिद गर्नुपर्ने अवस्था रहेकाले आर्थिक नियमावलीमा संसोधन हुनु जरुरी रहेको अधिकृत महतको भनाइ छ ।

१९ बैशाख २०७१, शुक्रबार १४:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..