स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

कावासोती, १७ वैशाख । गर्मीसँगै स्वास्थ्य संस्थाहरूका बिरामी चाप बढेको छ । बिरामी चाप बढे पनि दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा बिरामीको उपचारमा समस्यामा भएको हो ।
रिक्त दरबन्दीका स्वास्थ्यकर्मीको पदपूर्ति गर्नुभन्दा भएकै स्वास्थ्यकर्मीको सरुवा भएपछि केन्द्रमा अहिले समस्या देखिएको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रका अहेव ब्रम्हाप्रसाद गुप्ताले बताए ।
केन्द्रमा रहेका मेडिकल अधिकृत डा नुरुलहोदाको मेडिकल सुपरिटेन्डेन्टमा बढुवासंँगै अहिले जिल्ला पृथ्वीचन्द अस्पताल परासीमा आउनुभएको छ भने वर्षाैंदेखि खाली रहेको स्टाफ नर्स र स्वास्थ्य सहायकको पदपूर्ति भएको छैन ।
पाँच गाविसका बिरामीलाई उपचार गर्ने गरी प्राथमिक स्वास्थ्य केन्द्र भए पनि अहिले स्वास्थ्यकर्मी अहिले अनमी र अहेवको भरमा केन्द्र सञ्चालन हुँदै आएको छ ।
दैनिक ५० जना बिरामी आउने उक्तकेन्द्रमा स्वास्थ्यकर्मीलाई जाँच र उपचार गर्न कठिन भएको छ । सरदर मासिक २५ जना महिला प्रसूति गराउने आउने गरेका छन् । चिकित्सक पनि नहुने स्वास्थ्यकर्मी पनि नहुने हुँदा प्रसूति सेवामा पनि समस्या देखिएको छ ।
सामान्य खालको सुत्केरीबाहेक अहिले बाँकी सुत्केरी महिलालाई जिल्ला अस्पताल पठाउनु परेको छ । स्वास्थ्यकर्मीको पदपूर्ति गर्न कार्यालयमा नियमित धाउँदै आएको भए पनि सुनुवाइ नभएको गुनासो अहेव गुप्ताले गरे ।
केन्द्रमा एक मेडिकल अधिकृत, एक स्टाफ नर्स, एक स्वास्थ्य सहायक, तीन अनमी, तीन अहेव, एक ल्याब सहायक, एक सहायक लेखापाल र दुईजना कार्यालय सहयोगीसहित १३ जनाको दरबन्दी रहेको छ । जस्मा मेडिकल अधिकृत, स्टाफ नर्स, स्वास्थ्य सहायकबाहेक सहायक लेखापालसमेत नहुँदा जिल्ला स्वास्थ्य कार्यालयका लेखा अधिकृतले ने लेखा हेर्दै आएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत मुकुन्द गौतमले स्वास्थ्यकर्मीको सङ्ख्या जिल्लाभरि नै अभाव रहेको भन्दै पाल्ही स्वास्थ्य केन्द्रमा तत्काल कहीँबाट काज भए पनि स्वास्थ्यकर्मी पठाउने तयारी रहेको बताए ।

१७ बैशाख २०७१, बुधबार १३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..