जन्डिस प्रकोपले दस दिनमा चारको मृत्यु

विराटनगर, १७ वैशाख । वैशाख पहिलो साताबाट विराटनगरमा प्रकोपझैं फैलिएको जन्डिसले चारजनाको मृत्यु भएको चिकित्सकले जनाएका छन्। उनीहरुका अनुसार दैनिक डेढ सयजति संक्रमति विराटनगरका विभिन्न अस्पताल आइरहेका छन्।

कोसी अञ्चल अस्पतालका अनुसार यसअघि कहिल्यै नदेखिएको महामारीले अस्पताल भरिन थालेको छ। अस्पतालका फिजिसियन डा। दीपक सिग्देलले वैशाख ५ र ६ गते अचानक जन्डिस र हेपाटाइटिस ‘ई’ का बिरामीको चाप बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालयलाई जानकारी गराइएको बताए।

‘आउट ब्रेक नै भएको जानकारी गराएको थिएँ,’ डा.सिग्देलले भने, ‘१० दिन बितिसक्दा पनि सरकारी तवरबाट कुनै प्रभावकारी सावधानी अपनाइएको छैन।’

सिग्देलका अनुसार विराटनगर–१५ का २१ वर्षे कृष्ण राईको जन्डिसका कारण लिभर फेल भई वैशाख १३ गते कोसी अञ्चल अस्पतालमै मृत्यु भएको थियो। चार दिनअघि आफूले पहिले हेरेका स्थानीय बालकल्याण विद्यामन्दिरमा अध्ययनरत एक विद्यार्थीको पनि अन्य अस्पताल रेफरपछि मृत्यु भएको सिग्देलले जानकारी दिए। अन्यत्र रेफर भएकासहित चारजनाको मृत्यु भइसकेको छ, मैले मात्रै दैनिक ६० जना बिरामी हेरिरहेको छु।’
सुरुमा हेपाटाइटिस ‘इ’ देखिएको र त्यसपछि जन्डिसले ‘लिभर फेलु भएर चार बिरामीको मृत्यु भएको उनले जानकारी दिए। मृत्यु हुनेको तथ्यांक संकलनमा समेत जनस्वास्थ्यले चासो नदेखाएको चिकित्सकको आरोप छ।

पाच दिनदेखि ज्वरोसहित बान्ता हुन थालेपछि शुक्रबार भर्ना भएकी स्थानीय सुशीला बोहराको विराटनगरका अस्पतालमा उपचार सम्भव नहुँदा हेलिकोप्टर चार्टर गरेर आइतबार काठमाडौं लगियो। त्यस्तै लक्षण देखिएकी भावना पराजुलीलाई शुक्रबार सामान्य उपचारपछि घर फर्काइए पनि झन् च्यापेपछि अहिले अस्पतालमै भर्ना गरिएको छ। आमा पुष्पा पराजुलीले भनिन्, ‘सुरुमा खानामा अरुचि र वाकवाकी थियो, अहिले जिउ तथा आ“खा पहेँलो हुन थालेको छ।’
कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। तपेश्वरलाल कर्णले भर्ना गरिएका बिरामीमध्ये धेरैजसो विराटनगर उपमहानगरपालिकाका रहेको र बाहिरबाट पनि फाट्टफुट्ट आइरहेको बताए। सामान्य उपचार गरेर फर्काइएका बिरामी पनि पुनः अस्पताल आउन थालेपछि हेपाटाइटिस ‘ई’ पत्ता लागेको उनले जानकारी दिए।

‘खाना र पानीबाट सर्ने रोग भएकाले त्यसबारे जनचेतना फैलाउन जनस्वास्थ्य कार्यालयलाई पत्र पठाइएको छ,’ उनले भने। विराटनगरका निजी अस्पतालमा पनि जन्डिस र हेपाटाइटिस बिरामीको संख्या अत्यधिक वृद्धि भएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार कोसी अञ्चल अस्पतालमा दैनिक ६० जना र निजी अस्पतालमा दैनिक १ सयभन्दा बढी जन्डिस तथा हेपाटाइटिस ‘ईु र ‘एु का बिरामी आउने गरेका छन्।

केहीको मृत्यु भएको जानकारीपछि अनुसन्धान सुरु गरिएको जनस्वास्थ्य कार्यालयप्रमुख नवराज सुब्बाले बताए। ‘विराटनगरमा प्रकोपको रूप लिइसकेकाले नियन्त्रणका लागि स्वास्थ्यसेवा विभाग र इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभागमा पनि पत्र पठाइसकिएको छ,’ उनले भने।
प्रदूषित हावापानीमा हिँडडुल गर्दा र घरबाहिरका खानेकुरा खाँदा जन्डिसको प्रकोप बढ्ने चिकित्सकको भनाइ छ। विराटनगरमा चार लेन सडक र ढल निर्माण भइरहँदा खानेपानीको भूमिगत पाइप फुटेर दूषित हुनुका साथै धूलो उडिरहेको छ। त्यसमाथि सडकमै आयोजित केही कार्यक्रमले समेत महामारीको संख्या बढाएको चिकित्सकको आशंका छ।

थकाइ, हल्का ज्वरो, खाना अरुचि र वाकवाकी लाग्नु जन्डिसका सुरुआती लक्षण हुन्। यसबाट बच्न खानुअघि राम्ररी साबुनले हात धुने, उमालेको सफा पानी मात्र पिउने र सडकमा बेचिने खुला खानेकुरा नखाने बानी बसाल्न चिकित्सक सुझाउँछन्।

कार्यालयले बढी संक्रमित उपमहानगरपालिका क्षेत्रमा माइकिङ र स्थानीय एफएममार्फत रोगबाट बच्ने उपायबारे सचेत गराइरहेको छ। जाडोबाट एक्कासि गर्मी बढ्दा सरुवा रोगका भाइरस ज्यादा संक्रामक हुन्छन्। यसबाहेक यही सिजनमा बिहे–व्रतबन्धलगायत भोज, मेला र महोत्सव बढी आयोजना गरिन्छन्। त्यस्ता कार्यक्रममा खुला ठाउँमै राखिने खाना खाँदा संक्रमणको जोखिम रहन्छ। नागरिक दैनिकबाट

१७ बैशाख २०७१, बुधबार ०७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..