मुक्त कमलरीका मागप्रति सरकार सकारात्मक छ : प्रधानमन्त्री

काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले मुक्त कमलरीहरुको माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदबारमा आज (मंगलबार) मुक्त कमलरीहरुको टोलीसँग भएको भेटघाटमा कोइरालाले मुक्त कमलरीका माग पुरा गर्न सरकार तयार रहेको बताए । उनले सरकारको प्राथमिकता नयाँ संविधान बनाउने वातावरण निर्माण गर्ने भए पनि मुलुकका अन्य विषमा समेत गम्भीर रहेको बताए ।

कांग्रेस सभासद अनिता देवकोटाका अनुसार प्रधानमन्त्री कोइरालाले कमलरीले अघि सारेका मागप्रति सरकार सकारात्मक बताए । ‘सरकार मुक्त कमलरीका मागप्रति अनिभिज्ञ छैन,’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सभासद देवकोटाले भनिन्, ‘मुक्त कमलरीहरुका सबै माग पुरा गर्ने प्रक्रियामा लैजान्छु ।’

मुक्त कमलरीहरुले रोजगारी, परिचय पत्रलगायतका माग पुरा गर्नुपर्ने भन्दै संयुक्त संघर्ष समिति गठन गरेर राजधानी केन्द्रित आन्दोलन गर्दै आएका छन् ।

प्रधानमन्त्री कोइरालाले भेटका क्रममा आन्दोलनरत मुक्त कमलरीहरुलाई अन्दोलन स्थगित गर्न आग्रह गरे । उनले भने, ‘सरकार माग सम्बन्धमा सकारात्मक छ । तपाईहरु आन्दोलन गर्नुपर्ने आवश्यक्ता छैन ।’

१६ बैशाख २०७१, मंगलवार १७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..