महासंघमा प्रेस युनियनको एकल प्यानल घोषणा

काठमाडौं, १६ वैशाख । प्रेस युनियनले नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि पत्रकार पोषण केसीको नेतृत्वमा एकल प्यानल सार्वजनिक गरेको छ ।
नेपाल प्रेस युनियनको आज (मंगलबार) राजधानीमा बसेको बैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो । व्यावसायिक पत्रकारिता र श्रमजीवी पत्रकारहरुको पक्षमा उम्मेदवारहरु घोषणा गरिएको महासचिव शिव लम्सालले जानकारी दिए ।
युनियनले उपाध्यक्षमा रामजी दाहाल र महासचिवमा जगत नेपाललाई उम्मेदवार बनाएको छ । दाहाल र नेपाल दुवै महासंघका पूर्व सचिव हुन् । दाहाल हिमाल मिडियोसँग आबद्ध छन् भने नेपाल कान्तिपुर टेलिभिजनमा कार्यरत छन् ।
युनियनले समावेशी उपाध्यक्षमा नेपाल टेलिभिजनकी अनिता विन्दुलाई उम्मेदवार बनाएको छ । सचिवमा नेपाल टेलिभिजनकै दिलिप थापामगर, एसोसियट सचिवमा प्रकाश थापा र समावेशी सचिवमा गोविन्द परियारलाई उम्मेदवार बनाएको लम्सालले बताए । परियार अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत छन् ।
युनियनले कोषाध्यक्षमा राजेश मिश्रलाई उम्मेदवार बनाएको छ । युनियनले महिला सचिवमा बसुन्धरा गौतमलाई उम्मेदवार बनाएको छ । गौतम रेडियो स्वर्गद्धारी दाङमा कार्यरत छिन् ।
लेखा समितिको संयोजकका लागि युनियनले प्रदीप चापागाइँलाई उम्मेदवार बनाएको छ । चापागाइँ नेपाल टेलिभिजनमा कार्यरत छन् । उपत्यकामा शिरोमणि ढुंगाना र भूपेन्द्र आचार्य उम्मेदवार बनेका छन् ।
प्रतिष्ठान तर्फ नारायण अर्याल र सुबोध गौतमलाई युनियनले उम्मेदवार बनाएको छ । महिला सदस्यका लागि सलोजा दाहाल र प्रतिमा बास्कोटा तथा जनजाति सदस्यका लागि नारायण किलम्बु र मोहन वान्तवालाई उम्मेदवार बनाएको महासचिव लम्सालले बताए ।
प्रेस युनियनले कर्णालीमा बिनोद मल्ल, पूर्वाञ्चलमा कृष्ण हुमागाई र भक्तिविलास पोखरेल, मध्यमाञ्चलबाट शम्भु गौतम र शीतल महतो, पश्चिमाञ्चलबाट खिमानन्द भट्टराई र ओम घायल, मध्यपश्चिमाञ्चलबाट राजिव केसी र भीमबहादुर केसी तथा सुदूर पश्चिमाञ्चलबाट टेकेन्द्र देउवा र माधव धामीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
वैशाख २१ र २२ मा काठमाडौंमा हुने महाधिवेशनका लागि प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघले महेन्द्र विष्टको अध्यक्षतामा संयुक्त प्यानल बनाउने निर्णय गरिसकेका छन् ।

१६ बैशाख २०७१, मंगलवार १६:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..