हार्ने डरले केन्द्रको मनोनीत कोटामा

काठमाडौं, १६ वैशाख । एमाओवादीका आधा दर्जन नेताहरू राष्ट्रिय सम्मेनको प्रतिनिधि बन्न बञ्चित भएका छन् । निर्वाचनमा जाँदा पराजय हुने डरले ती नेताहरूले केन्द्रबाट मनोनीत प्रतिनिधिको कोटा रोजेका छन् ।

पार्टी एमाओवादी समितिले सम्मेलनमा सहभागी हुन एमाओवादी नेताहरूलाई जिल्ला नै तोकेर अनिवार्य निर्वाचित भएर आउनुपर्ने प्रावधान बनाए पनि आधा दजर्न एमाओवादी नेताहरूले केन्द्रको मनोनीत कोटा रोजेका हुन् । केन्द्रले सम्मेलनका लागि २५ प्रतिशत प्रतिनिधि मनोनीत गर्न पाउने व्यवस्था एमाओवादीले गरेको छ ।

विशेषगरी काठमाडौं र ललितपुरबाट प्रतिनिधि चुनिनुपर्ने केन्द्रीय स्तरका नेताहरू केन्द्रको मनोनीत कोटामा बसेका छन् ।

यसरी केन्द्रको मनोनीत कोटा रोज्नेमा केन्द्रीय सदस्य शशी शेरचन (स्वनाम साथी), सविना अर्याल, गंगा बेल्वासे, सरिता डंगोल, खिमलाल देवकोटादेखि पार्टी एमाओवादीका सल्लाहकार परिषदका अध्यक्ष नन्दकुमार प्रसाइँ, जेबी टुहुरे, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षत्री, कानुन व्यवसायी चण्डेशवर श्रेष्ठ, नन्दकुमार थापासम्म रहेका छन् । राजधानी दैनिकबाट

१६ बैशाख २०७१, मंगलवार ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..