बन्ने भो माओबादीले हत्या गरेका पत्रकार डेकेन्द्र थापाको शालिक

यज्ञराज थापा, दैलेख,१३ वैशाख । माओवादीद्धारा हत्या गरीएका पत्रकार डेकेन्द्रराज थापाको शालिक स्थापना हुने भएको छ । दैलेख सदरमुकामको नया वजारमा रहेको डेकेन्द्र स्मृती चोकमा उनको शालिक स्थापना गरीने भएको हो । नारायण नगरपालिका कार्यालयको आर्थिक सहयोगवाट पत्रकार थापाको शालिक स्थापना गर्न लागिएको हो ।
हत्या भएको करीव १० वर्षपछि पत्रकार थापाको शालिक स्थापना हुने भएपछि दैलेखका पत्रकारहरुको एउटा चाहना पुरा भएको महासंघका अध्यक्ष नमनकुमार शाहीले वताएका छन् ।
‘पत्रकारले गरेको न्यायको लडाईमा दैलेखी जनताले धेरै साहस देखाए, उनले भने, ‘ शालिकले दैलेखी जनतालाई सदैव साहसी बनाउन सम्झना दिलाउने छ ।’
पत्रकार थापाको शालिक स्थापनाका लागि लामो समयदेखि प्रयासरत भएपनि आर्थिक अभावका कारण सो कार्य रोकिएको र नारायण नगरपालिका कार्यालयको सहयोग जुटेपछि अव तिन महिनाभित्र शालिक अनावरण हुने अध्यक्ष शाहीले दावी गरे ।
पत्रकार थापाको शालिक स्थापना गर्नका लागि शुक्रवार नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख र नारायण नगरपालिका कार्यालय दैलेखविच लिखित सम्झौता पनि सम्पन्न भएको छ । महासंघका तर्फवाट केन्द्रिय पार्षद गोविन्ददेव भारती र नगपालिका कार्यालयका तर्फवाट शाखा अधिकृत निरकवहादुर रावल साक्षी रहि अध्यक्ष नमनकुमार शाही र कार्यकारी अधिकृत नेववहादुर वलीविच शालिक स्थापनाका लागि दुईपक्षिय लिखित सम्झौता भएको हो । सम्झौता पत्रमा हस्ताक्षर गर्दै कार्यकारी अधिकृत वलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चर्चित व्यक्तित्व पत्रकार डेकेन्द्रराज थापाको शालिक स्थापनाका लागि सहयोग गर्न पाउदा नगरपालिका कार्यालयका लागि गर्वको विषय भएको कुरा व्यक्त गरेका थिए ।
सम्झौता पत्रमा स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको प्रतिमा निर्माण गर्नका लागि नगरपालिका कार्यालयले ६० हजार रुपैया उपलव्ध गराउने र महासंघले स्थापना गर्ने उल्लेख गरीएको छ । प्रतिमा निर्माण भई स्थापना गरेपछि प्रतिमाको संरक्षण र सम्र्वद्धन पनि महासंघ र नगरपालिका कार्यालय दायित्वमा रहने पनि सम्झौता पत्रमा राखिएको छ ।
निर्माण गरीएको पत्रकार थापाको शालिक स्मृति दिवसको अवसरमा २०७१ साउन २७ गते भव्य कार्यक्रम गरी अनावरण गरीने महासंघले जानकारी दिएको छ । पत्रकार थापालाई माओवादी कार्यकर्ताले निर्मम यातना दिई २०६१ साउन २७ गते जिउदै खाल्डोमा पुरेर हत्या गरेका थिए ।

१३ बैशाख २०७१, शनिबार २०:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..