‘गम्भीर अपराधका अपराधीले पनि उन्मुक्ति पाउँछन्’


विराटनगर, १३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब निर्माण हुने सत्य निरुपण तथा मेलमिलाप आयोगले गम्भीर प्रकृतिका अपराधीलाई पनि उन्मुक्ति दिने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज (शनिबार) सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले गम्भीर प्रकृतिका अपराधीलाई उन्मुक्ति दिने गरेर ठूला दलहरुले विधेयक ल्याएको बताए ।
उनले जघन्य अपराधका दोषीलाई कानुनअनुसार कारबाही गर्नका लागि राप्रपाले संसदमा मेलमिलाप आयोगको संशोधन प्रस्ताव ल्याएको स्पष्ट बताए । तर प्रस्ताव समेटिन नसकेको बताए ।
अध्यक्ष थापाले नयाँ बन्ने संविधानमा सबै राजनीतिक दलको भावना एवम् एजेन्डालाई समावेश गर्नुपर्ने बताए । उनले संविधान जारी भएको भोलिपल्टदेखि नै विरोध हुने र त्यसबाट गम्भीर अवस्था उत्पन्न हुने बताए ।
उनले कांग्रेस, एमाले र एमाआवोदीले निषेधको राजनीति गरेकाले आफ्नो पार्टीलाई संविधानसभा समितिको सभापति पद नदिएको आरोप लगाए । उनले निषेधको राजनीति तत्काल त्याग्न आग्रह गरेर ।
अध्यक्ष थापाले कार्यकर्ताको चाहनाअनुसार आगामी केन्द्रीय अधिवेशनबाट पार्टीको नाम परिवर्तन हुन सक्ने सम्भावना रहेको बताए ।

१३ बैशाख २०७१, शनिबार २०:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..