समाज सेवा रहर ,पहिचान,जिम्मेबारी वा बाध्यताको लागि ? :: सुदिप पन्त

हिजोआज अमेरिकाको धेरै शहरमा धेरै नेपाली संघ सस्थाहरुमा चुनाव लागेको छ ,केही सस्थाहरु चुनाबी प्रकृयाको शुरुवाती दौरमा छन ,कतै निर्बाचन भईसकेको छ त कतै चरम उत्कर्शमा छ ,सिङो अमेरिका भित्र रहेका धेरै संघ सस्थाहरुले जस्तो रुपमा आफुलाई प्रस्तुत गरे पनि नेपाली समाजलाई बलियो पार्ने उदेश्य नै प्रमुख रहेका हुन्छ । समाजसेवामा समर्पित भनिने यस्ता सस्थाहरुमा नेत्रित्व लिन चाहने ब्यक्तिहरुले के समाज सेवा नै प्रमुख लक्ष्य लिएर आफ्नो दावेदारी प्रस्तुत गरेका हुन्छन त ??
सस्थाहरु अनी यस्मा आबद्द ब्यक्तिहरुले गरेका कामको लेखा जोखा राख्दा अत्यन्त औंलामा गन्न सकिने सस्थाहरु र केही सिमित ब्यक्तीहरु ले मात्र इमान्दारीपुर्बक गरेका योग्दानले अलिकती मात्र भये पनि सस्था र स्व्यम ब्यक्तीको उचाइ बडेको छ ,धेरै सस्था अनी धेरै ब्यक्तीहरु बिबादमा मुछिएको पाइएको छ ।
किन अमेरिकामा धेरै सस्थाहरु बिबादमा मुछिएका हुन्छन त?? सस्था स्वयम बिबादमा आउने होइन आबद्द मान्छेको कृयाकलापबाट सुगन्धित र दुर्गान्धित हुने हो । अमेरिकामा अहिले धेरै नेपालीहरु स्थाई बसोबास गर्छन्, कोही नेपाली नेपालबाट नै समाज सेवा ,राजनिती ,पेशामा अनुभव ,ब्यापारमा सफलता पाएर आएका छन भने ,केही नेपालीहरु यहाँ पढेर योग्य बनेका छन ,केही ब्यबसायिक क्षेत्रमा जमेका पनि छन , मुख्य कुरा यिनीहरु बिच स्वछ सम्बन्ध हुन नसक्नु ,एकले अर्को को पहिचानलाई आत्मासाथ गर्न नसकेको कारणले नेपाली सघ सस्थाहरु जरा देखी नै कमजोर भएका छन , नेपालबाट आफ्नो क्षेत्रमा पहिचान बनाएर आएका ब्यक्तिहरुमा नेपालमा आफुले गरेको लगानीको भुतले अझै नछोड्नु त्यस्तै अब दाम काम भईहाल्यो सस्था चलाऊन नजाने पनि नाम कमाउनु पर्‍यो भन्दै हालीमुहाली गर्न खोज्ने सिमित ब्यक्तीहरुको टकरावले सस्थाहरु कमजोर हुन पुगेका हुन । सस्था के को लागि भन्दा पनि सस्था मात्र मेरो लागि भन्ने नारा लिएर लड्न पुग्ने नेपाली पनि छन । केही समाजका अगुवा भनिनेहरु नामको भोका पनि छन ,कुनै कार्यक्रममा उपस्थिती मात्र हुँदा पनि मिडियामा नाम आउनु पर्ने ठान्छन । चर्चामा आउँदा विश्व नै जितेको आभास हुन्छ उनिहरुलाई । समाजको मुल्य र मान्यताको कुनै पर्बाह हुँदैन । कुनै सस्थाहरुमा त झन गुट उपगुट बनाएर नेत्रित्वको लडाईं गरेको देख्दा लाज लागेर आउछ ।यसो भन्दै गर्दा केही सस्थाहरुमा रहेका सबै ब्यक्ती खराब छन भन्न खोजिएको होइन थोरै असल मान्छेले अरु केही असल मित्र पाये राम्रो हुन्थो कि भन्ने हो । असल मित्रहरु को साथ नपाउदा राम्रो काम गर्ने साथीहरु पनि निरुत्साहित भएको पाईन्छ । यहाँ रहेका धेरै नेपालीहरु आफ्नो काम बाहेक अन्य कुराहरुमा बिरलै रुची राख्छन ,अहिले पनि धेरै नेपालीहरुलाई उनिहरु बसोबास गरिरहेको ठाउँको स्थानिय नेपाली संघ सस्थाहरुमा को कुन पदमा छन, चासो नै छैन ,सिमित ब्यक्तीहरुको रहरको लडाईं ,जुङाको लडाईं ,पहिचानको लडाईं ,स्वार्थको लडाईं र ब्यक्तिगत दुश्मनीको कारणले सस्थाले भने अनुसारको प्रगती गर्न सकेको छैन। यसो भनी रहदा नकरात्मक सोचको मात्र बिकास गरौ भन्न खोजिएको पनि होइन ,यो लेखको आशय राम्रो मान्छे सस्थामा पुग्नु पर्‍यो भन्ने मात्र हो ,नेत्रित्व क्षमता , सस्थागत ज्ञान , फुर्सदिलो समय, आर्थिक चरित्र राम्रो भएको केही मान्छेहरु सस्थामा पुगे भने सस्था मात्र बलियो हुने होइन यहाँ रहेका साधारण नेपाली पनि बलियो हुन्छ । अहिले पनि यहाँ लामो समय देखी अमेरिकालाई चिनेका ब्यक्तीहरु ,त्य्स्तै नेपालमा राम्रो काम गरेर आएको केही ब्यक्तीहरु लुकेर बसेका छन ,प्रतिभा भएका ब्यक्तिहरु समाजको अगाडि आउनु पर्‍यो ,उनिहरुको उर्जा प्रयोग गर्न र उनिहरुलाई उत्साहित बनाउन अन्य साथिहरु पनि लाग्नु पर्‍यो । कुनै अर्थ नलाग्ने बेतुकका सम्मानपत्र जस्लाई पायो त्य्स्लाई बाड्ने भन्दा पनि काम गरेका ,गरिरहेका जुनसुकै क्षेत्रको नेपाली किन नहोस थप प्रेणणाको लागि प्रोत्साहन, पुरस्कार दिनु पर्‍यो । आवेगमा आएर ब्यक्तिगत रिसवी राखेर सस्था हाक्छु भन्ने होइन सस्था चलाऊन सक्छु भन्ने हिम्मत राखेर नेत्रित्त्वको अवसर खोज्नु पर्‍यो त्यस्तै आफ्नो मनले नरुचाएको ब्यक्ती ,मन नपर्ने ब्यक्तीलाई आउन नदिन कमजोर मान्छेलाई उचालेर अगाडि बडाउने काम पनि नगरौ ,भनिन्छ नि दुश्मन नै भये पनि बिद्वानको अर्ती लिनु । कालन्तरमा धेरै नेपालीहरुले यहाँको नागरिकता पाउदै छन ,उनिहरुले पाउने हक अधिकारको लागि पनि यहाँ रहेका नेपाली संघ सस्थाहरु बलियो हुनु पर्छ ,लबिङ गर्ने यिनिहरुले नै हो, असल मान्छेलाई नेत्रित्त्वमा पुर्याउने काम हामी सबैको हो ।

१९ चैत्र २०७०, बुधबार ०८:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..