बिन लादेनका तीन पत्नीसंगै परिवारका ११ सदस्य साउदी तर्फ

एजेन्सी, १५ वैशाख । पाकिस्तानले शुक्रबार अलकायदा नेता ओसामा बिन लादेनका तीन पत्नीसँगै परिवारका अन्य ११ जना सदस्यलाई साउदी अरेबिया निष्कासन गरेको छ । गत वर्षको मे महिनामा पाकिस्तानको एबटाबादमा अमेरिकी विशेष सैनिक समूहको कार्यवाहीमा मृत्यु भएका लादेनका परिवारका सदस्यहरूलाई अवैध रुपमा पाकिस्तानमा वसोवास गरेको आरोपमा त्यहाँको सरकारले थुनामा राखेको थियो। दुई जना साउदी अरेबियाली र एक यमनी पत्नीलाई उनीहरूको निष्कासन पूर्व साउदीका अधिकारीको जिम्मा लगाइएको सिन्ह्वाले उल्लेख गरेको छ। यमनकी विधवा र उनका पाँच केटाकेटीलाई पछि साउदी अरेबियाबाट यमन पठाइने छ।

१५ बैशाख २०६९, शुक्रबार १८:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..