पाकिस्तानद्वारा बलेस्टिक मिसाइल हत्फ ४ को परिक्षण

एजेन्सी, पाकिस्तान, १३ वैशाख । पाकिस्तानले बुधबार परमाणु हतियार लैजान क्षमताको बलेस्टिक मिसाइल हत्फ ४ को सफल परिक्षण गरेको छ। पाकिस्तानले गत साता भारतले गरेको अग्नी ५ मिसाइलको जवाफमा उक्त परिक्षण गरेको जानकारहरूले बताएका छन्।

पाकिस्तानी सेनाले एक विज्ञप्ती मार्फत आफूले आफ्नो सबैभन्दा नयाँ हतियार हत्फ ४ साहीन १ ए नामको मिसाइलको सफल परिक्षण गरेको बताएको छ। उक्त परिक्षणको प्रभाव क्षेत्र अरब महासागर रहेको बताइएको छ।

परमाणु तथा अन्य हतियार बोक्ने क्षमताको उक्त मिसाइल अहिलेसम्मकै ठूलो दुरीको भएको विज्ञप्तीमा उल्लेख छ। ‘साहीन १ एको परिस्कृत रुपले पाकिस्तानको रक्षा स्थितिलाई अझ मजबुत पारेको छ।’ विज्ञप्तीमा भनिएको छ।

१३ बैशाख २०६९, बुधबार २१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..