आठ मार्च र महिला मुक्तिका कुरा :: पार्बती प्याकुरेल

पर्सी अर्थात् फागुन २४ गते आठ मार्चको विशेष दिनका रुपमा लिईने १०४ ओ अन्तर्राष्ट्रिय महिला अधिकार दिवस, नेपालमा ‘ महिला नेतृत्वका लागि होउं जम्मा, घरदेखि संविधासभासम्म ‘ र अन्तर्राष्ट्रिय रुपमा ‘ महिला समानता सबैका लागि विकास ‘ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाईदैछ । उक्त दिन संसारभरी महिला हिंसा, बलात्कार लगायतका घटना बिरुद्ध आबाज बुलन्द गरी करोडौ महिलाले यो दिवस मनाउंदै छन् । महिला र पूरुषलाई समान अधिकार, उत्पादनमा समान सहभागिता र उपभोगमा पनि समानता हुनुपर्ने आबाजसहित विश्वमा महिला दिवस मनाउन थालिएको हो । सन् १९०७ मा जर्मनीको स्टुट्गार्ट शहरमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले महिलाहरूलाई मताधिकार दिलाउने पहिलो प्रस्ताव पारित गरेपछि विश्व महिला आन्दोलनले संगठित रुप लिएको थियो ।

सन् १९०८ को ८ मार्चको दिन अमेरिकाको न्यूयोर्क शहरको एक गार्मेन्ट कारखानामा काम गर्ने हजारौं श्रमिक महिलाहरूले आफ्नो मत दिने अधिकार, समान काममा समान ज्यालाको अधिकार र ट्रेड यूनियन अधिकारका मागलाई लिएर सडकमा उत्रिएका उनीहरूमाथि प्रशासनले ठूलो दमन गरेको थियो । सोही घटनाक्रमको स्मरणमा संसार भरि यो दिवस मनाउने गरिएको छ । सन् १९११ देखि विश्वभर आठ मार्चमा महिला दिवस मनाउने क्रम निरन्तर रहेको छ । नेपालमा भने २०१७ सालमा मात्र पहिलोपल्ट महिला दिवस मनाईएको थियो ।

२०४६ को जनआन्दोलनपछि नेपालमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले यसलाई मनाउने क्रम शुरु गरे पनि पछिल्ला दिनमा आम नेपाली महिलाले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरेका छन् । विश्वका कम्युनिष्ट, वामपन्थी, प्रगतिशील संघसंस्थाहरूले विश्वभर नै यो दिवस मनाउँदै छन् । समान ज्याला, समान अधिकार, कामको निश्चित समय, राम्रो काम गर्ने ठाउँको बन्दोबस्तको माग राख्दै अघि बढेको महिला मुक्ति आन्दोलनको सम्झनामा मनाईने उक्त महिला दिवसमा महिलाहरूमाथि भइरहेको शोषण, दमन र भेदभाव अन्त्य गर्न, दासी, अर्धदासीबाट उठेर सामाजिक र आर्थिक काममा पुरुषसरह ज्यालाजस्ता अन्य अधिकार प्राप्तिका निम्ति एकजुट भएको उक्त दिनको स्मरणमा देशका विभिन्न क्षेत्रहरूमा पनि चर्चा परिचर्चा र संगोष्ठीहरु गरिने गरिन्छ ।
हाम्रो समाजमा व्याप्त अशिक्षा, रूढीवादी एवं परम्परागत सामाजिक मान्यता र धारणा, लैंगिक भेदपूर्ण कानुनी व्यवस्था, सामाजिक, आर्थिक एवं राजनैतिक क्षेत्रमा महिला सहभागीताको कमी, शक्ति संरचनामा पुरूषहरूको बाहुल्यता र महिलामाथि महिलाले समेत शोषण गर्ने प्रवृत्ति जस्ता कारणले गर्दा लैंगिक विभेद अहिले पनि एक जटिल समस्याको रूपमा रहेको छ। हाम्रो देशमा करिब ८८ प्रतिशत जनता ग्रामिण समुदायमा बस्छन् र ती मध्ये ५० प्रतिशत भन्दा बढी महिलाको जनसंख्या छ।
हामीकहाँ नारी समानताको चर्चा प्रशस्त भए पनि व्यवहारमा हेर्दा महिलाहरूले सदियौंदेखि झेल्दै आएको असमानता हटेको छैन। नारी समानताका पक्षमा उठेको आवाज फोस्रो साबित भईरहेको छ। विभिन्न बहानामा नारीमाथि अत्याचार भैरहेकै छ। अझ शारीरिक शोषणको कुरा त गरिसाध्य छैन। महिलाहरूविरुद्ध हत्या, हिंसा, बलात्कार, छेडखानीजस्ता कैयौं अभद्र क्रियाकलापहरु हुने गरेका छन् तर त्यसविरुद्ध ठोस कदम चाल्ने काम राज्यका संयन्त्रबाट भएको देखिँदैन।
हालैका दिनहरूमा विभिन्न स्थानका विभिन्न उमेर समूहका महिलामाथि भएका अत्याचारका कहालीलाग्दा घटनाले सभ्य समाजको खिल्ली उडाइरहेको देख्न सकिन्छ। त्यस्ता कार्यमाथि अंकुश लगाउन संस्थागत अग्रसरता पर्याप्त मात्रामा हुन सकेको छैन। यस्ता घटनाहरू हुन्जेल जतिसुकै समानताका कुरा गरे पनि नारीहरूले समानताको अनुभूति गर्न पाउने छैनन्। नारी समानतालाई सशक्त रूपले व्यवहारमा लागू गर्न महिलाहरूलाई आर्थिक रूपले समृद्ध बनाउने तथा स्वनिर्णयको अधिकार प्रयोग गर्न सक्ने बनाउनु आवश्यक छ। यसका साथै महिलामाथि हुने हिंसामा राज्यले शून्य सहनशीलताको नीति अँगाल्नु पर्छ। यस विषयमा महिलाका पक्षमा आवाज उठाइरहेका सरोकारवालाहरूको ध्यान पुग्न पनि त्यत्तिकै जरुरी छ।
श्रमिक दिवस मनाएको सय वर्ष बितेपनि महिलाहरूले आज पनि पूँजीवादी देशहरूमा समान ज्याला र समान अधिकार पाएका छैनन् । काम गर्ने स्थितिको सुधार भएको छैन । कामको निश्चित समय तथा महिलामाथि हुने शोषण, दमन र भेदभाव अन्त्य भएको छैन । महिलाहरूमाथि हुने यस्ता भेदभाव, पक्षपात र असमानताविरुद्ध आज पनि शोषित पीडित महिलाहरूको संघर्ष आवश्यक छ । वर्गीय रुपमा विभाजित हाम्रो समाजमा महिला आरक्षण, महिला सम्पत्ति र स्वतन्त्रताको नाममा शोषक महिलाहरू माथिल्लो तहमा पुग्ने र कामदार महिलालाई बढी शोषण गर्ने धनी महिलाहरूको षड्यन्त्र यथावत छ । स्वतन्त्रता र छुटको नाउँमा छाडा बनाउने, सम्पत्तिको नाउँमा समाजमा झै–झगडा निम्त्याउने र गरिब महिलालाई झन् गरिब बनाउने षडयन्त्रप्रति श्रमजीवी महिलाहरू सचेत र चनाखो हुनैपर्छ ।
श्रमजीवी महिलाहरूका निम्ति श्रमजीवी महिलाहरू नै सचेत र संगठित हुनुपर्छ । सम्पूर्ण कामदार महिलाहरू एकजुट भई रोजगारी, व्यक्तित्व विकासमा समान अवसर, मोहियानी हक, आर्थिक समानताको लागि उत्पादनका साधनहरूको सामाजिकीकरण गर्ने काम हुनुपर्छ । पूँजीवादी व्यवस्थाले यी समस्याहरू हल गर्दैन । अतः समाजवादी व्यवस्था स्थापना गर्न विश्वका शोषितपीडित महिलाहरू अझै पनि सचेत, संगठितमात्र होइन संघर्षशील हुनुपर्छ । संघर्षले मात्र समानता र अधिकार प्राप्त हुन्छ । सबैलाई आठ मार्चको शुभकामना सहित !
फागुन २१, २०७१
pyakurel.paru@gmail.com
( लेखिका नेराशि संगठनकी केन्द्रीय सदस्य एवं महिला अधिकारको क्षेत्रसंग सम्बद्द हुनुहुन्छ)

२२ फाल्गुन २०७०, बिहीबार ०२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..