अवैतनिक महावाणिज्यदूत र गैर आवासीय संघ बिच भेटघाट सम्पन्न

अवैतनिक महावाणिज्यदूत र गैर आवासीय संघ बिच भेटघाट सम्पन्न
शेर बहादुर राना, ईटाली, १२ बैशाख । नेपालकालागी ईटालीका नव नियुक्त अवैतनिक महावाणिज्यदूत श्री पाउलो नुगारीज्यूको बिशेष निमन्त्रणामा गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद ईटालीको पदाधिकारीहरु द्वारा औपचारिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

नेपाल सरकारका ईटालीकोलागी अवैतनिक महावाणिज्यदूत नियुक्त भएकोमा गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद ईटालीको पदाधिकारीज्यूहरु द्वारा र सम्पूर्ण ईटालीबासी नेपालीहरुको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै, कार्यकालको पूर्ण सफलताको लागी शुभकामना व्यक्त गरिएकोछ । यसै सिलसिलामा महावाणिज्यदूतको स्थापना गर्नकोलागी गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद ईटाली र अन्य सामाजिक संस्थाहरुले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंशा गर्नु भएको थियो अवैतनिक महावाणिज्यदूत श्री पाउलो नुगारीज्यूले गैर आवासीय नेपाली नेपली संघ संग हातेमालो गर्दै सहकार्य गर्न पाएकोमा खुशी ब्यक्त गर्दै ईटालीबासी नेपाली र नेपालको हितको लागि गरिने कुनै पनि निर्णयहरु गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय परिषद ईटाली संग सहमति र समझदारीको आधारमा गरिने स्पष्ट पार्नु भयो। यस भेटघाटको क्रममा ईटालीबासी नेपालीहरुको समसामयिक समस्याहरुमा पनि गहन छलफल भएकोछ।अध्यक्ष डा. अनिल भट्टराईज्यूले एन.आर.एन.आर.ए.ईटाली बर्तमान कार्यसमितिले गरेको सम्पूर्ण कार्यहरुको बिस्तृत जानकारी भएको थियो । महावानिज्यदूत्ज्यूले खुशी ब्यक्त गर्दै एन.आर.एन.एन.सी.सी ईटालीको प्रशंशा गरे ।

साथै २२ अप्रिल २०१२ को दिन रास्ट्रीय तथा अन्तररास्ट्रीय स्तरको महत्वपूर्ण पत्र पत्रिकामा छापिएको अनाधिकारिक समाचार र अनाधिकारिक व्यक्तिहरु द्वारा एन.आर.एन.ए.ईटालीको नाम र जिम्मेबार पदको दुरुपयोग गरि, यस संघको कार्यसमिती लाई जानकारी न गराई छापिएको समाचार प्रति महावाणिज्यदूतज्यू र हाम्रो बिशेष ध्यानाकर्षण भएको छ ।

यसरी एन.आर.एन.ए.एन.सी.सी.ईटाली लगाएत सम्पूर्ण सामाजिक संघ संस्थाहरुको बिशेष पहलमा लामो प्रतिक्षा पछि स्थापना भएको अवैतनिक महावाणिज्यदूतलाई नियोजित ढंगले बिवादित गराउन खोजेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र आउँदा दिनहरुमा एन.आर.एन.एन.सी.सी. ईटालीको नाम जोडिएको कुनै पनि समाचारहरु प्रकाशित गर्दा यस संस्थाको कार्य समितीलाई जानकारी गराई एबं अनुमति लिई गर्न र सहमति र समझदारीको वातावरणलाई न धमिलाउन एन.आर.एन.ए.एन.सी.सी. ईटाली सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्द्छ

१२ बैशाख २०६९, मंगलवार १८:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..