एनआरएन अमेरिका: पुराना खेलाडीहरुको नयाँ अस्त्र :: सैलेश श्रेष्ठ

परिवर्तन सजिलो छैन तर सम्भब छ, यस्तो बिराट सम्भावना पहिलो चोटी एनआरएन एनसीसी अफ अमेरिकाको इतिहासमा देखा पर्न थालेको छ । केद्रको बिधान र अझ आदेश मानेर अमेरिकामा पनि निर्वाचन गर्नै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछी यहि फेब्रुअरी २३ तारिख संसोधित बिधान सर्बसम्मतीले पास गर्यो । आउदो मार्च महिनाको अन्तमा निर्वाचन हुने पक्का भयो भने नयाँ सदस्यता वितरणकालागि तोकिएको डेडलाईन पनि हिजो फेब्रुअरी २५ को मध्यरातमा सकियो ।
नीतिगत सम्मति र सहमति अनुसार अब निर्वाचन आयुक्त कानुनविद बिनोद रोकाले सम्पुर्ण प्रक्रिया र तालिका प्रकाशित गर्नु पर्ने हुन्छ, यसै क्रममा करिब दुई दर्जन आकांक्षीहरुले आ-आफ्नो उम्मेदवारी अनौपचारिकरुपमा बिभिन्न संचार माध्यमबाट घोषणा समेत गरिसकेका छन्, यी नामहरुमा नयाँ अनुहारहरुको बाहुल्य स्पष्ट देखिन्छ, बिगत छ बर्ष यो सबैको सामुहिक संस्थालाई अनिर्णयको बन्दि बनाएर उचाल्ने पछार्ने खेलमा लिप्त भएका पुराना पुस्ताका हर्ताकर्ता तथाकथित ठुलाठालुहरु यो परिदृश्यमा कहीं कतै देखिदैन, यसको मतलब उनीहरु चुपचाप बसेका छन् भनेर हामीले नजरअन्दाज गर्न हुदैन र आम मानिसले गरेका पनि छैनन्, झेली खेल र तानावाना बुन्न माहिर यो जत्थाको पछिल्लो नियत हिजो रातीबाट सार्वजनिक हुन थाल्यो ।
अब पुरानाहरूबाट नयाँ खेल र झेल सुरु भएको छ र हिजो रातीबाट सदस्यता लिनकोलागि एक साताको म्याद थप हुनु पर्छ भन्दै “इमेल प्रक्षपण” गरिएको छ आफ्ना चिनाजानी र प्रभाबका कारण आइसीसी (माथि भन्ने चलन छ पहिले देखि) लाई दबाब समेत सिर्जना गरेका छन् । करिब डेढ दर्जन अग्रजहरु बीच आदान प्रदान गरिएको र आरसी नब राज गुरुङजीलाई एक हप्ता म्याद थप्न अनुरोध गरिएको उक्त इमेल अहिले सामाजिक संजाल फेसबुकमा छताछुल्ल पोखिएको छ उहाँहरुको नियत जस्तै गरि!
आदरणीय प्रस्ताबक र समर्थकमित्रहरु, म या हामी तपाईहरुको मूल प्रस्ताबको विपक्षमा छैनौं, सकिन्छ र मिल्छ भने एक हप्ता के अरु एक महिनाको म्याद थप गरौँ, त्यसो भयो भने अरु हजारौं प्रबासी नेपालीले सदस्यता लिने अवसर पाउने छन् तर प्रश्न तपाईहरुको प्रक्षपित मागको होईन नियतको हो, खराब नियतले अत्यन्त अप्ठेरो समयमा तर नितान्त सहि र असल माग अगाडी आएको छ, तपाईहरु एक हप्ता अगाडी मात्र जाग्नु भएको भए कति जाती हुन्थ्यो? आखिर तपाईहरुले माग्नु भएको त अर्को एक हप्ता मात्र न हो! यो बिशेष परिस्थितिमा पहिलो पटक हुन लागेको निर्वाचन हो, यसपाली निर्वाचित हुने प्रतिनिधिको कार्यकाल मुस्किलले अर्को तेह्र महिना रहन्छ अनि तयार रहनुहोस न मे २०१५ मा हुने पुर्ण कर्यकालिन निर्वाचनका लागि! कसले रोक्न सक्छ तपाईहरुलाई?
सम्पुर्ण प्रबासी मित्रहरु, इमेलको पूर्ण अंश पढ्नुस त प्रस्ताबकले एक हप्ता बढाउनु पर्ने माग र जिकिर गर्नु भएको छ, बिशेषगरि न्युयोर्कका संचारकर्मीहरुका तर्फबाट हामीले प्रत्येक दुई घण्टामा “ब्रेकिङ्ग न्युज” दिएका छौं र थियौं, तपाईहरु प्राय सबैजना कुनै न कुनैरुपमा सदस्यता बढाउने असल चाहनाका सम्बाहक हुनुहुन्थ्यो, लागि पर्नु भएको थियो, यो संचार र सूचनाको उर्बर कालखण्डमा केहि कुरा लुक्दैन अब आफ्नो अनुकुल नभए पछि या आफ्नो हालीमुहाली नचल्ने देखेपछि “निदाएको” बहाना गर्न थाल्नु भो, आकास खसेको छैन र खस्नेवाला पनि छैन । अप्ठ्यारोमा खेल्ने या अप्ठ्यारो पारेर फाईदा लिने तपाईहरुको पुरानो बानी अलिकति समयानुकुल परिवर्तन गरे हाम्रो प्रबासी नेपाली संग बलियो र स्वस्थ हुने थियो कि?
अब यसैलाई आधार मानेर उधुम मच्चाउन आबश्यक छैन, निर्वाचन आयुक्तसंग अधिकार छ र केन्द्रले पनि निश्चितरुपमा समन्वय र पहल गर्नेनै छ, अब त्यतिसम्मका लागि “पर्खौं” र “हेरौं”! संचारकर्मी प्रबासी नेपालीका नाता र हैसियतले म पनि “माथि” को निरन्तर सम्पर्कमा छु, कृपया कोहि कसैले पनि हाम्रो सूचनाको हक खस्ने चेस्टानगर्नु होला ।
सात बर्ष हालीमुहाली गर्ने अग्रजहरुको इमेलमा प्रयुक्त “लोकतान्त्रिक लेक्चर” चाही सारै हास्यास्पद लाग्यो, कसले रोकेको थियो यी विद्वानमित्रहरुलाई संगठनलाई लोकतान्त्रिक निर्वाचन प्रक्रियामा लैजान! पुराना खेलाडीहरुको यो पछिलो धारिलो अस्त्रले वर्तमान कार्यसमिति, निर्वाचन आयुक्त, आरसी, डिआरसी र अन्य सरोकारवालालाई निश्चितरुपमा अप्ठेरोमा पारेको छ, घोषित उम्मेदवारले त “बोल्यो कि पोल्यो” हुन्छ तर संचारकर्मीका हैसियतले हामीले आरम्भ गरेको यो मिसनलाई थप साहस र निष्ठाका साथ अगाडी बढाउनु पर्ने र निगरानी गर्नु पर्ने दायित्व भने फेरी पनि हाम्रै हो ।

:: लेखक सैलेश श्रेष्ठ नेपाली मूलका अमेरिकनहरुको सामाजिकीकरणका मुद्दाहरुमा प्राज्ञिक बहस गर्न रुचाउनु हुन्छ ।

१५ फाल्गुन २०७०, बिहीबार ००:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..