एक खेल अगावै मनाङ च्याम्पियन

काठमाडौं, १४ फागुन । दशरथ रंगशालामा जारी सहिदस्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले एक खेल अगावै उपाधि जितेको छ । सुपर लिगअन्तर्गत आफ्नो चौंथो खेलमा मनाङले नेपाल पुलिसलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । यद्यपि, दोस्रो तथा तेस्रोका लागि भने अन्तिम चरणका खेलहरू कुर्नुपर्ने छ ।
आठ वर्षपछि उपाधि जित्नेक्रममा मनाङले पुलिसविरुद्ध निकै कडा प्रतिस्पर्धा गर्नुपर्‍यो । यद्यपि, पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा योना इलियस र सुजल श्रेष्ठले टिमका लागि महत्त्वपूर्ण गोल गर्दै मनाङलाई च्याम्पियन बनाए । मनाङले अन्तिम खेल थ्री स्टारसँग खेल्न बाँकी रहेको छ ।
पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफ मनाङको पक्षमा रह्यो । मनाङका लागि ५३औं मिनेटमा दीपक राईको क्रसमा गोलरक्षक रितेश थापा अगाडि बढेको मौकामा उत्कृष्ट हेड गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै ६८औं मिनेटमा सुमन सुवेदीले योना इलियसलाई लडाएपछि पाएको फ्रिकिकलाई सुजल श्रेष्ठले दोस्रो बार च्याप्दै गरेको उत्कृष्ट प्रहार सीधै गोल भएपछि मनाङले सहज जित हासिल गर्‍यो ।
पुलिसले मनाङविरुद्ध सीमित मौका पाए पनि सदुपयोग गर्न सकेन भने पहिलो हाफमा पाएका मौका पनि मनाङले सदुपयोग गर्न सकेन । मनाङले पहिलो हाफको अक्तिरिक्त समयमा शिव श्रेष्ठको क्रसमा दीपक राईको हेडलाई मुस्किलले बचाएपछि पहिलो हाफमा मनाङ अग्रता कायम गर्न असफल भयो । दोस्रो हाफमा पुलिसले पनि निकै राम्रा गोलका मौका खेर फाल्यो ।
५१औं मिनेटमा गोलरक्षक विशाल श्रेष्ठ विट भएपछि गणेश खड्काले गरेको प्रहार सागर थापाको ढाडमा लाग्दै बाहिरिएपछि सुरुआती अग्रताबाट पुलिस चुक्यो । त्यस्तै ७१औं मिनेटमा दिपेन श्रेष्ठको क्रसलाई भरत साहले ‘कनेक्ट’ गर्न असफल भए । त्यस्तै ८४औं मिनेटमा पनि भरत साहले पुन खाली पोस्टमा गोल गर्न नसक्दा पुलिस गोलबाट वञ्चित भयो ।
जितपछि निकै खुसी देखिएका मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले पुलिसविरुद्धको खेल नै निर्णायक भएकाले सो खेलमा जित निकाल्नु एउटै मात्र लक्ष्य रहेको बताए । उनले भने, ‘हामीले खेलाडीलाई पाँच दिनदेखि बन्द प्रशिक्षणमा राखेका थियौं, यदि पुलिसविरुद्धको खेल हारेमा या बराबरी भएमा अन्तिम खेलमा ठूलो प्रेसर पर्ने थियो भने परिणाम जे पनि हुने थियो ।’ यस्तोमा जितका लागि टिमले अन्तिमसम्म संघर्ष गर्‍यो । उनले मनाङले लिगको सुरुआत राम्रो गरे पनि मध्यभागमा आएपछि केही खराब प्रदर्शन गरेको बताए । साथै उनले सुपर लिगमा पनि राम्रो प्रदर्शन हुन नसकिरहेको अवस्थामा पुलिसविरुद्धको खेल नै निर्णायक रहेको बताए । उनले टिमले एनसेलकपमा जस्तो उत्कृष्ट प्रदर्शन गर्न नसकेको भन्दै सुरुआतको प्रदर्शनले मात्र लिग जित्न सकेको बताए ।
पुलिसका प्रशिक्षक विराट कृष्ण श्रेष्ठले पहिलो लिगमा आरसीटीसँगको पराजय र फ्रेन्डससँगको बराबरी नै टिमको ‘ट्रनिङ पोइन्ट’ भएको बताए । उनले मनाङविरुद्धको अन्तिम खेलमा पनि आफ्नै कारणले पराजित हुनुपरेको बताए । उनले भने, ‘पाएको राम्रो मौका सदुपयोग भएको भए नतिजा फरक हुन सक्थ्यो त्यसमा भएको गल्तीले नै टिम पराजित भयो ।’ उनले समग्रमा पुलिस बलियो बन्दै गए पनि कुनै पनि टिमका राष्ट्रिय खेलाडीले गतिलो प्रदर्शन गर्न नसकेको बताए । उनले भने, ‘लिगबाट नयाँ खेलाडी जन्मनुपर्ने हो तर यहाँ राष्ट्रिय खेलाडीले पनि गतिलो प्रदर्शन गर्न सकेनन् । अन्य खेलाडीसरह नै देखिए राष्ट्रिय खेलाडी पनि, उनले तुलनात्मक रूपमा सुपर लिग प्रतिस्पर्धात्मक भएको बताए ।

मनाङको रेकर्ड


२०३९ सालमा स्थापना भएको मनाङ–मस्र्याङ्दी क्लबले सातौं पटक लिगको उपाधि आफ्नो पक्षमा पार्‍यो । स्थापना भएकै सालमा ‘डी’ च्याम्पियन बनेको मनाङ २०४१ सालमा ‘सी’ डिभिजन च्याम्पियन बन्दै ‘बी’ डिभिजनमा बढुवा भयो । २०४२ मा ‘बी’ डिभिजन च्याम्पियन बन्दै ‘ए’ बढुवा भए ता मनाङले पछि फर्केर हेर्नुपरेको छ्रैन् ।
पछिल्लो समय ६२ सालमा लिग जितेयता मनाङले उपाधिका लागि आठ वर्ष कुर्नुपर्‍यो । जितसँगै मनाङले नेपालको तर्पmबाट प्रेसिडेन्ट कपमा सहभागिता जनाउनेछ । २०६२ मा लिग जितेर प्रेसिडेन्ट कपमा सहभागिता जनाएको मनाङ समूह चरणबाट नै बाहिरिएको थियो ।
‘ए’ डिभिजनमा बढुवा भएपछि २०४३ सालमा च्याम्पियन बनेको मनाङले त्यस यताका लागातार २०४४ सालमा र २०४६ सालमा लगातार लिगमा च्याम्पियन बन्दै ह्याट्रिक गर्‍यो । त्यसयता थप चार पटक च्याम्पियन बन्दै मनाङले नेपाली फुटबलमा सर्वाधिक सफल क्लबका रूपमा रह्यो ।

१४ फाल्गुन २०७०, बुधबार ०७:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..