मच्छिन्द्रको अपराजित यात्रा जारी

काठमाडौं, ९ फागुन । पुलिसले पहिलो गोलको अग्रतालाई १० मिनेट जोगाउन सकेको भए सायद नतिजा फरक हुन सक्थ्यो । 

निर्धारित समय सकिन ३ मिनेट बाँकी हुँदा बराबरी गोल फर्काएको मच्छिन्द्रले ६ मिनेट थपिएको अक्तिरिक्त समयको चौथो मिनेटमा निर्णायक गोल गरेपछि पुलिसलाई स्तब्ध मात्र पारेन, जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको सुपर लिगमा अपराजित यात्रा जारी राख्दै दोस्रो स्थानमा उक्लियो ।

मच्छिन्द्रले पहिलो खेलमा थ्री–स्टारविरुद्ध पनि उत्कृष्ट कमब्याक गर्दै विजय हासिल गरेको थियो । मनाङलाई ४–० ले हराएको मच्छिन्द्रले पुलिसविरुद्ध पनि उत्कृष्ट पुनरागमन गर्दै खेल आङ्खनो पक्षमा पार्‍यो ।

पहिलो हाफको ११औं मिनेटमा भरत साहले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाए । त्यसपछि पनि पुलिसले निकै राम्रा मौकाहरू पाए पनि गोल गर्न असफल भएको थियो । यद्यपि, खेलको अन्तिम १० मिनेट पुलिसका लागि निकै घातक बन्यो ।

जितनजिक पुगेको पुलिसविरुद्ध अन्तिम २० मिनेट निकै आक्रामक बनेको मच्छिन्द्रले नतिजा २–१ ले आङ्खनो पक्षमा पार्दै थ्री–स्टारको समान २८ अंक जोड्यो । यद्यपि, हेड टु हेडमा थ्री–स्टारलाई पछि पार्दै मच्छिन्द्र दोस्रो स्थानमा उक्लियो । मनाङ २९ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ ।

पहिलो हाफमा विशाल राईविना मैदान उत्रिएको मच्छिन्द्र पुलिससँग दबाबमा नै थियो । यद्यपि, पहिलो हाफमा १ गोलले पछि परेको मच्छिन्द्रले ६२औं मिनेटमा विशाल राईलाई मैदान छिराएसँगै आक्रामक बन्यो । परिणामतः ८६औं मिनेटमा सब्स्टिच्युट विशाल राईले निकालेको पासलाई अजय विकेल गरेको प्रहार गोल भएपछि मच्छिन्द्र उत्साहित बन्यो ।

निर्धारित समयमा १–१ को बराबरी भए पनि अतिरिक्त समय मच्छिन्द्रका लागि प्रभावकारी रह्यो । अतिरिक्त समयमा मच्छिन्द्रका लागि सुशील केसीले डी–बक्सभन्दा केही बाहिरबाट गरेको उत्कृष्ट प्रहार दोस्रो बारमा लाग्दै गोल भएपछि मच्छिन्द्र भाग्यमानी साबित भयो ।

पुलिसले पनि केही राम्र्रा मौकाहरू चुकायो । अतिरिक्त समयको अन्तिम मिनेटमा जुमनु राईले भोला सिलवालको पास मा वान भर्सेस वानमा गरेको प्रहारलाई गोलरक्षक दिनेश थापा मगरले बचाएपछि पुलिस बराबरीको मौकाबाट चुक्यो । त्यसअघि भोला सिलवालले गरेका दुईओटा उत्कृष्ट मौकालाई पनि गोलरक्षक मगरले बचाएका थिए । त्यस्तै, जुमनुका केही प्रहारहरू पनि उनले निस्तेज पारे ।

पहिलो हाफमा मच्छिन्द्रले सीमित मौकाहरू पाए पनि सदुपयोग गर्न सकेन । मच्छिन्द्रले लिगमा उपाधिका दाबेदार मानिएका थ्री–स्टार र मनाङ तथा पुलिसलाई पराजित गर्दै लिगको उपाधिनजिक पुगेको छ । उसले बाँकी दुई खेल एपीएफ र संकटासँग खेल्नेछ ।

खेलपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने, ‘हामीले आङ्खनै कारणले पराजित हुनु पर्‍यो । उनीहरूलाई खेल्ने मौका दिइयो, मार्किङ पनि भएन् ।’ उनले खेलाडीहरूबीच तालमेल नमिलेकाले केही गोलका मौकाहरू खेर गएको बताए । उनले खेलमा सानोतिनो गल्ती हुने भन्दै राम्रो प्रदर्शन गरेकाले आगामी नतिजा अनपेक्षित नआए पुलिस चौथो स्थानमा रहन सक्ने बताए । उनले लिग उपाधिमा मच्छिन्द्र दाबेदार रहेको बताए ।

मच्छिन्द्रका प्रशिक्षक योहान कालिनले टिमले अन्तिम १० मिनेट उत्कृष्ट प्रदर्शन गरेको बताए । उनले तीन महिनाको छोटो अवधिमा नै टिमले धेरै प्रगति गरेको बताए । उनले भने, ‘सुपर ६ मा सबै खेल जित्दै जान्छौं भनेमा ढुक्क नभए पनि आशावादी थिएँ । अझै खेल बाँकी रहेकाले मच्छिन्द्र राम्रो प्रदर्शन गर्दै अगि बढ्नेछ ।’ उनले सुपर लिगका सबै टिम राम्रो रहेको भन्दै कुनै टिम पनि कमजोर नरहेको बताए ।

९ फाल्गुन २०७०, शुक्रबार ०५:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..