काङ्गे्रस–एमाले कति निकट, कति विकट? :: देवप्रकाश त्रिपाठी

जातिवाद र क्षेत्रीयतावादलाई वैचारिक राजनीतिक आदर्शको कोटिमा नराख्ने हो भने नेपालमा मूलतः तीन विचारधारात्मक राजनीतिक समूहहरू क्रियाशील रहेको मान्नुपर्ने हुन्छ। विश्वमा प्रचलित प्रजातन्त्र पक्षधर पार्टीका रूपमा काङ्गे्रसलाई लिइएजस्तै वैचारिक दृष्टिले माओवादी समूहलाई कम्युनिस्ट क्रान्तिकारी कित्ताका रूपमा बुझ्न सकिन्छ। परम्परा, धर्म, संस्कृति र संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रप्रति प्रतिबद्धता जनाउँदै राप्रपा नेपालले पनि आफूलाई बेग्लै विचार समूहको परिचय बनाउन प्रयास गर्दै छ। यी तीनबाहेक अन्य राजनीतिक दलहरूमध्ये राप्रपाले गणतन्त्रवादी र नेकपा एमालेले वामप्रजातन्त्रवादी शक्तिका रूपमा आफ्नो पहिचान स्थापित गर्ने प्रयत्न गर्दै छन्। राजा र राजतन्त्रको आडमा राजनीति गरेर आफ्नो व्यक्तित्व अग्ल्याउने ‘पञ्च’हरूले गणतन्त्रको व्याख्या गरेको सुन्नुपरेझैँ नेकपा एमालेका नेताहरूले कुनै दिन काङ्गे्रसलाई प्रजातन्त्रका विशेषताहरूबारे प्रशिक्षण दिन थाल्यो भने आश्चर्य मान्नुपर्ने छैन। त्यो किनभने मध्यमवर्गीय समुदायको जस्ताको त्यस्तै प्रतिनिधित्व गर्ने नेकपा एमालेमा माओवादीभन्दा क्रान्तिकारी, काङ्गे्रसभन्दा प्रजातन्त्रवादी, कमल थापाभन्दा राजावादी, राजाभन्दा राष्ट्रवादी, चाइनाभन्दा समाजवादी, अमेरिकाभन्दा बढी उदार पुँजीवादी, स्वामी प्रपन्नाचार्यभन्दा आस्तिक र गिरिजाप्रसाद कोइरालाभन्दा नास्तिक भएको पुष्टि गर्नसक्ने गुण–क्षमता विद्यमान छ। त्यसैले क्रान्तिदेखि प्रजातन्त्रसम्म र पूजाआजादेखि धर्मनिरपेक्षतासम्म उसैले भ्याएको छ। चरित्र जे–जस्तो भए पनि नेकपा एमाले पटक–पटक निर्वाचनमा सहभागी भएर जनविश्वास जित्दै गरेको पार्टी हो र उसले प्रजातन्त्र र राष्ट्रियताको विकल्प खोज्ने छैन भन्ने विश्वास गर्न थालिएको छ। सबैथरीको विश्वास आर्जन गर्न खोज्ने मध्यमवर्गीय गुणका कारण एमाले विचारविहीनजस्तै देखिन पुगेको छ।
वास्तवमा त्यही विचारविहीनता नै एमालेको मौलिक विचार र गुण हो। सबैथरी अटाउन मिल्ने भाँडो बन्न खोज्दा एमाले ‘यस्तो’ देखिएको भनेर बुझ्नु उपयुक्त हुनसक्छ। प्रजातन्त्र र राष्ट्रियताका सवालमा उसले अघि सारेका नीति र कार्यक्रमले काङ्गे्रस र एमालेबीचको निकटता बढाएको हो। काङ्गे्रसको वैचारिक दूरी माओवादी कित्तासँग अधिक देखिन्छ भने राजनीतिक प्रतिस्पर्धाले एमालेसँगको दूरी पनि फराकिलो बनाएको छ र यो दूरी अझै बढ्नसक्ने सम्भावना छ। अर्थात् माओवादी कित्तासँग वैचारिक र एमालेसँग राजनीतिक प्रतिस्पर्धा गरिरहेको अवस्थामा यतिबेला नेपाली काङ्गे्रस छ। त्यसैले संविधान निर्माणको सन्दर्भमा काङ्गे्रस–एमाले जति नजिक हुनसक्छन् सरकार गठन, सत्ताको अंशियारी र अन्य राजनीतिक मुद्दामा काङ्गे्रसको निकटता माओवादीसँग हुनसक्छ। काङ्गे्रसका निम्ति एमाले या माओवादी को कति निकट या विकट भन्नेबारेमा विवेचना गर्दा तात्कालिक राजा महेन्द्रले अवलम्बन गरेको नीतिको स्मरण गर्नुपर्ने हुन्छ।
०१७ मा जननिर्वाचित सरकारलाई विस्थापित गरेर शासनाभार आफूमा निहित गरिसकेपछि राजा महेन्द्रले कम्युनिस्टसँग मित्रवत् र काङ्गे्रससँग दुस्मनीपूर्ण व्यवहार गर्ने नीति लिएका थिए। काङ्गे्रसको एकमना सरकार विस्थापित हुँदाको खुशीले मात्र कम्युनिस्टलाई राजा महेन्द्रको निकट पुर्यापएको थिएन, संसदीय प्रजातन्त्रको उन्मूलन गर्ने कार्यमा कम्युनिस्टहरूको वैचारिक सहानुभूति हुनसक्ने र दक्षिणमुखी प्रवृत्तिलाई निरुत्साहित तुल्याउँदै उत्तरमुखी वातावरण सिर्जना गर्ने कार्यमा सहयोगी बन्नसक्ने भएकोले राजा महेन्द्र संवैधानिक राजतन्त्रको वकालत गर्ने काङ्गे्रसभन्दा गणतन्त्रको निम्ति सङ्घर्षरत कम्युनिस्टप्रति सहानुभूतिशील हुन पुगेका थिए। ‘शत्रुको शत्रु मित्र’ भन्ने मान्यताले पनि राजा र कम्युनिस्टलाई त्यसताक निकट बनाएको मान्न सकिन्छ। राजा महेन्द्र भाइभारदार र मातहतका निकायसम्बद्ध उच्चाधिकारीहरूलाई काङ्गे्रसप्रति कठोर र कम्युनिस्टप्रति नरम व्यवहार गर्न निर्देशनात्मक सुझाव दिने गर्दथे। संवैधानिक राजतन्त्र चाहिन्छ भन्ने काङ्गे्रसप्रति कठोर र राजतन्त्र अन्त्य गरी गणतन्त्र ल्याइनुपर्छ भन्ने कम्युनिस्टप्रति नरम व्यवहार गर्नुपर्ने किन भनी कसैले जिज्ञाशा प्रकट गर्दा राजा महेन्द्रको जवाफ हुने गर्थ्यो, ‘यो बाटो आयो भने मार्छु भन्दै टाढाको कुनै गङ्गलमा बन्दुक लिएर बसेको शत्रुभन्दा एउटै भान्सामा बसेर खाइरहेको थाल खोस्न खोज्नेचाहिँ ठूलो शत्रु हुन्छ। कम्युनिस्टहरू टाढा कतै बसेर गणतन्त्रको कुरा गर्दै छन्, तर काङ्गे्रस भान्सामै प्रवेश गरी खाइरहेको भातको थाल खोस्न खोज्दै छ।’ ‘त्यसैले कम्युनिस्टभन्दा हाम्रा लागि काङ्गे्रस खतरनाक हुन्,’ राजा महेन्द्रको निष्कर्ष थियो। काङ्गे्रस र एमालेबीचको सम्बन्ध पनि त्यस्तै हो जस्तो राजा महेन्द्र र काङ्गे्रस बीचमा थियो। वैचारिक दूरीमा रहेको माओवादीभन्दा निकटतम् राजनीतिक प्रतिस्पर्धामा भएको एमालेसँग नै होसियार एवम् सचेत हुनुपर्ने अवस्थामा काङ्गे्रस पार्टी छ। माओ र उनका अनुयायीहरूसँग संवाद गरी मित्रवत् सम्बन्ध बनाउन खोज्दा चाइनाले प्रजातन्त्र मात्र गुमाएन, स्वयम् च्याङ्काइसेकले देशबाट पलायन भई ताइवानमा आफ्नो जीवन गुजार्नुपर्यो । समयमै ठीक नीति र तदनुरूपको व्यवहार गर्न सकेको भए न चीनबाट प्रजातन्त्र विस्थापित हुन्थ्यो न च्याङ्काइसेकले नै देशबाट पलायन हुनुपर्थ्यो। ०५२ मा माओवादीले हिंसात्मक सङ्घर्ष सुरु गरेपछि ‘माओवादी केही बढ्ने र एमाले घट्ने हुँदा आगामी निर्वाचन जित्न काङ्गे्रसलाई सजिलो हुन्छ’ भनी विश्लेषण गर्नेहरूको सङ्ख्या सानो थिएन। माओवादी हिंसात्मक युद्धको मर्म र त्यसको गहिराइबारे बुझ्न नसक्दा अन्ततः काङ्गे्रसले धेरै कुरा गुमाउनुपर्ने अवस्था सिर्जना भइदियो। त्यस्तै माओवादी सङ्घर्षले संसदीय प्रजातन्त्रलाई दुर्बल बनाउने र अन्ततः आफ्नो ‘दिन फर्कने’ विश्लेषणसहित दरबार पनि माओवादीका प्रति सहानुभूतिशील बन्न पुगेको थियो। यस्ता हवाई विश्लेषणका आधारमा कार्यनीति या रणनीति तर्जुमा गर्ने काङ्गे्रस र दरबार दुवैले सङ्कटको सामना गर्नुपर्यो्, दरबारले आफ्नो स्थापित परम्परागत हैसियत नै सम्पूर्ण रूपले गुमाउनुपर्यो‍। यस्तै, गलत विश्लेषण र राजनीतिक स्वार्थपे्ररित भावनाले दरबार र काङ्गे्रसलाई प्रतिकूल अवस्थामा पुर्यााइदिएको हो। प्रजातन्त्र नै विस्थापित भएको हेर्न चाहनेहरू आफैँ विस्थापित भए भने अर्को चुनावसम्म मात्र हेर्नेहरूचाहिँ बेग्लै प्रकारले दण्डित भए। तर, अब माओवादी हिंसात्मक सङ्घर्षमा छैन र उसले चाहँदैमा फेरि त्यसप्रकारको सङ्घर्ष उठ्ने स्थिति पनि देखिँदैन। विचारमा क्रान्तिकारिताले राजनीतिमा उनीहरूलाई कहिलेसम्म जोगाउन सक्ने हो यसलाई प्रयोगको विषय मान्न सकिन्छ। त्यसैले वैचारिक रूपले माओवादी कित्ता डरलाग्दो अवस्थामा रहे पनि व्यवहारतः उसबाट त्रसित हुनुपर्ने अवस्थाको अन्त्य भएको छ। एमालेसँग वैचारिक त्रासको स्थिति नभए पनि व्यवहारतः काङ्गे्रसका निम्ति सबभन्दा ठूलो चुनौती एमाले नै बनेको छ। एमालेको सबभन्दा नकारात्मक पक्ष भनेको ऊ ज्यादा समूहवादी छ। वैचारिक असहिष्णुता प्रकट गरे पनि सत्तामा पुग्दा एमाओवादीले त्यति समूहवादी व्यवहार प्रस्तुत गरेन, जति एमालेले दर्शाउने गरेको छ। राजनीतिक नियुक्तिदेखि सरकारले गर्ने हरेक निर्णयमा एमाले हुनुलाई प्रमुख योग्यताका रूपमा लिँदै प्राथमिकता दिने काम एमालेले गर्ने गरेको छ। एमालेको वर्चस्व रहेको कुनै पनि निकाय वा स्थानमा एमालेबाहेक अरूले प्रवेश पाउने कल्पना–आशा केही गर्नुपर्दैन। एनजीओको नेटवर्क, सहकारी, निजामती कर्मचारी र शिक्षक एमालेका चार खम्बा मानिन्छन्। उल्लिखित चार खम्बाले एमालेको राजनीतिलाई जोगाएको छ र यसप्रकारको स्थिति कायम रहेसम्म राजनीतिमा एमालेको वर्चश्वले निरन्तरता पाइरहने देखिन्छ। चुनावी ट्याक्टिस, सङ्गठन, समूहवादी सोच, रणनीतिक चालबाजी र नेटवर्किङमा एमालेलाई टक्कर दिनसक्ने अर्को कुनै दल नेपालमा छैन। एमाओवादी एउटा ‘हि्वम’ मात्र हो भने कम्युनिस्ट र पञ्च बन्न नसकेकाहरूको साझा चौतारी मात्र हो काङ्गे्रस। आफैँले केही गरेरभन्दा अरूले गर्न नसक्नुको लाभ मात्र हासिल गर्ने अवस्थामा काङ्गे्रस रहेको छ। विभाजन नभएको भए ०५६ कै निर्वाचनमा बहुमतीय सरकार गठनको अवसर एमालेलाई प्राप्त हुनसक्थ्यो, अब पनि काङ्गे्रसलाई उछिन्ने र उधिन्ने सामर्थ्य भएको दल एमाले मात्र हो भन्न सकिन्छ। एमालेसँगको सम्बन्ध, सम्पर्क र साझेदारीबारे सचेततापूर्वक व्यवहार गर्न नसक्ने हो भने यसबाट सबभन्दा ठूलो क्षति काङ्गे्रसले नै व्यहोर्नुपर्नेछ, तर काङ्गे्रसका थोरै नेताले मात्र यो वास्तविकतालाई आत्मसात् गरेका छन्।

८ फाल्गुन २०७०, बिहीबार ०६:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..