नेपाल थाइल्यान्डसँग पराजित

ललितपुर, २ फागुन । एसीसी महिला प्रिमियर क्रिकेटको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । पहिलो खेलमा कमजोर प्रतिद्वन्द्वी इरानलाई २ सय २१ रनले हराएको नेपाल बिहीबार आयोजक थाइल्यान्डसँग ८ विकेटको भारी अन्तरले पराजित हुन पुग्यो ।

यसअघि पहिलो खेलमा थाइल्यान्डले भुटानलाई ७९ रनले हराएको थियो । गएको वर्ष थाइल्यान्डमै सम्पन्न एसीसी च्याम्पियनसिप प्रतियोगितामा नेपाल सेमिफाइनलमा थाइल्यान्डसँग निराश भएको थियो । सो प्रतियोगितामा नेपालले समूह चरणको खेलमा भुटान र हङकङलाई हराएको थियो ।

चियाङमाईको रोयल चियाङमाई गल्फ क्लबमा पहिले ब्याटिङ गरेको नेपाल कमजोर प्रदर्शन गर्दै ३९ रनमै समेटियो । नेपाल १ घन्टा ३९ मिनेट क्रिजमा टिक्दै २८ ओभरमै अलआउट हुन पुगेको थियो । नेपालका लागि सरस्वती चौधरीले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सवुमनले कुनै दोहोरो अंक जोड्न सकेनन् । नीरा राजोपाध्यायले ५ रन जोड्दा ममता थापा ३ रनमा रन आउट भइन् । सरिता मगर, ममता चौधरी, शोभा आले, रुविना क्षत्रीले क्रमश : २ –२ रन जोड्दै पाभेलिएन फर्के । सीता मगर, करुणा भण्डारी र सोनु खड्काले त रनको कुनै खाता नै खोल्न सकेनन् ।

नेपाली विकेट ध्वस्त पार्ने क्रममा थाइल्यान्डका सोरनारिन टिपोचले ३ तथा नटाकान चान्तम र चानिन्दाले २–२ विकेट लिए । ४० रनको झीनो लक्ष्य पछ्याएको घरेलु टोलीले १३ दशमलव १ ओभरमा मात्र २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । थाइल्यान्डका लागि नाटकान चान्तमको अविजित २५ रन महवपूर्ण रह्यो । नेपालका सीता मगर र सरिता मगरले १–१ विकेट लिए । अब नेपालले शुक्रबार तेस्रो खेलमा भुटानसँग जिमखानामा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा अब नेपालले हङकङ, चीन र भुटानसँग खेल्न बाँकी छ । एसियाली क्रिकेट काउन्सिलले पहिलो पटक आयोजना गरेको ४० ओभरको प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टोलीले एसियाली खेलकुद प्रतियोगितामा भाग लिने मौका पाउनेछन् । यसैगरी, नेपालले ४ फागुनमा चीनसँग जिमखानाको मैदानमा खेल्दा ५ फागुनमा हङकङसँग प्रेम ओभल मैदानमा प्रतिस्पर्धा चल्नेछ ।

सुरुमा प्रतियोगिताका खेलहरू बैंककमा खेलाइने भनिए तापनि सुरक्षाको कारण देखाउँदै चियाङमाईमा सारिएको एसियाली क्रिकेट परिषद्ले जनाएको छ । परिषद्काअनुसार त्यहाँ सरकार र सरकार विरोधीबीच झडप चलिरहेको र बम विस्फोट तथा आगजनीका घटना भएको भन्दै प्रतियोगिता चियाङमाईमा सारिएको हो ।

२ फाल्गुन २०७०, शुक्रबार ०७:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..