एपीएफको अपराजित यात्रा कायम

काठमाडौं, २८ माघ । काठमाडौंमा जारी ढोरपाटन कप महिला डबल लिग भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफले अपराजित यात्रा कायमै राखेको छ । जारी लिगमा १३औं जित हात पार्ने क्रममा एपीएफले आयोजक ढोरपाटन क्लबलाई तीन ३–० को सोझो सेटमा हरायो ।
गोंगबुस्थित ढोरपाटन स्पोर्ट्स क्लबको मैदानमा सोमबार भएको खेलमा एपीएफले आयोजकको टोलीलाई २५–५, २५–१५ र २५–१५ को सेटमा पराजित ग-यो । जितसँगै एपीएफ लिगको १३ खेलबाट ३९ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । समान खेलबाट ३६ अंक जोडेको न्यु डायमन्डले पनि पश्चिमाञ्चललाई सोझो सेटमा हरायो । दोस्रो स्थान पक्का गरेको न्यु डायमन्डले पश्चिमाञ्चलविरुद्ध सहज जित हात पार्ने क्रममा २५–१३, २५–१७ र २५–१९ को नतिजा निकाल्यो । मंगलबार हुने एपीएफ र न्यु डायमन्डको खेलले नतिजालाई असर पार्न सक्छ । यदि, डायमन्डले एपीएफलाई ३–० ले रोक्यो भने परिणाम सेट र प्राप्त औषत अंकका अधारमा निकाल्नुपर्नेछ ।
त्यस्तै, सोमबारै भएका अन्य खेलमा पशुपति क्याम्पसले दोहोरो हार बेहो-यो । काभ्रेको चन्डेश्वरी क्लबको टोलीसँग २२–२५, २५–२२, २५–२३ र २५–१४ को सेटमा पराजित भएको पशुपति क्याम्पसले अर्को खेलमा जावलाखेलसँग २५–२१, २५–२१ र २६–२४ ले सेट गुमायो । एपीएफसँग पराजित भएको ढोरपाटनले सोमबारकै खेलमा चन्डेश्वरीलाई २५–१२, २५–२१ र २५–१३ ले हराउन सफल भयो ।
प्रतियोगिताको अन्तिम दिन मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा आयोजक ढोरपाटन र पश्चिमाञ्चलको टोलीबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा शीर्ष स्थानको एपीएफ र दोस्रो स्थानको न्यु डायमन्डबीच प्रतिस्पर्धा हुनेछ । सोही खेलबाट उपाधि विजेताको टुंगो लाग्नेछ । उपाधि विजेताले स्वर्ण पदकसहित नगद २ लाख ५१ हजार पुरस्कार पाउनेछ  .

२८ माघ २०७०, मंगलवार १७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..