नेपाल अफगानिस्तानसँग पराजित

हेमन्त काफ्ले, सिड्नी, २६ माघ । पछिल्ला दिनमा दक्षिणएशियाली फुटबलमा पावरहाउस बन्दै गएको अफगानिस्तान फेरी पनि नेपालका लागि वाधक बनेको छ । यो राष्टियस्तरको फुटबलमा मात्र नभइ अस्ट्रेलियामा संचालित मिनी साउथ एशियनकपमा पनि नेपालको लागि उपाधिको वाटोमा अफगानिस्तान वाधक बनेको हो । अस्ट्रेलियाको सिड्नीमा सन्चालन भैरहेको मिनी दक्षिण एशियाली फुटबल प्रतियोगिताकोफाइनलमा शनिबार नेपाल अफगानिस्तानसँग ५-१ ले पराजित भएको छ । सिड्नीको योनामा सम्पन्न फाइनल खेमा नेपाली टोलीले मध्यान्तरपछिको खेलमा संहालिन नसक्दा हार बेहोरेको हो । यहाँको बहुसांस्कृतीक विभाग तथा सम्वन्धित मुलुकका फुटबल संघहरुको आयोजनामा सन्चालीत यस फुटबल प्रतियोगिता बास्तवमैराष्ट्रिय झण्डाबिचकै प्रतिस्प्रधाझैभएको थियो। सयौ नेपाली तथा अफगानि प्रशंसक आ आफ्ना झन्डा सहित मैदानमा उत्रेका थिए । सहभासिग टिमले यस प्रतियोगितालाई मुलुकको झण्डासँग जोड्ने गर्छन । अस्ट्रेलिया नेप्लीज फुटबल संघकोनेतृत्वमा मैदानमा उत्रिएको नेपाली टोलीको कप्तान कुनाल लामालेमध्यान्तरपछि खेलमा तालमेल नमिल्दा हार बेहोरेको बताए । रक्षक उमेस केसी, स्ट्राइकर विजय कार्की,आमोस नेवार र प्रशिक्षक जगदिश खड्का शनिबारको फाइनलको लागि तयारीका जुटेका थिए । मध्यान्तरको अगाडि आमोस नेवारले नेपालका लागि पहिलो गोल गर्दै टोलीलाइ अग्रता दिलाएका थिए । तर नेपाली टोलीका अनुभवी गोलरक्षक अनिल श्रेष्ठको हातवाट अन्तिम मिनेटमा बल खुस्कीएपछि नेपाली टोलीको अग्रता समाप्त भएको थियो । मध्यान्तरहुनु केहि सेकेन्डअघि घाम मुखमा पर्दा अनिलको ग्रीपवाट बल चिप्लीन पुगेपछि नेपालले बराबरी गोल खाएको थियो। अन्तिम मिनेटमा खेल बराबरी गरेपछि नेपाली टोलीले दोस्रो हाफमा लय बिर्सेको थियो । मिडफील्डलेआफ्नो भुमिका निर्वाह गर्न नसकेको खेलमा नेपाली टोलीका स्ट्राइकर निरिह सावित भएका थिए । फीजिकल्ली रुपमा निकै बलिया र शसक्त अफगानिस्तानले मध्यान्तरपछि लगातार चार गोल गरेको थियो । फीजिकल्ली रुपमा कमजोर भएपछि टेक्नीकल्ली खेल खेल्नुपर्ने नेपाली टीमले सोचे अनुरुप खेल्न नसक्दा फराकिलो अन्तरले हार बेहोरेको ब्यबस्थापक राजुमानन्धरले बताए । नेपाली टोलीले सेमिफाइनलमा श्रीलंकन टोलीलाई हराएको थियो । फाइनलका वाबजुद प्रतियोगितामा सहभागिता अर्थपूर्ण रहेको र यसले अस्ट्रेलियामा पनि नेपाल र नेपालीको पहिचान बृद्धीहुने कुरा अस्ट्रेलिया नेप्लीज फुटबल संघका अध्यक्ष बिश्वनरसिंह राणा बताए ।

२६ माघ २०७०, आईतवार ०२:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..