नेपाल उपाधिका लागि अफगानिस्तानसँग भिड्दै

हेमन्त काफ्ले, सिड्नी, २३ माघ । पछिल्ला दिनमा दक्षिण एशियाली फुटबलमा पावरहाउस बन्दै गएको अफगानिस्तान फेरी पनि नेपालका लागि चुनौती बनेको छ । यो राष्टियस्तरको फुटबलमा मात्र नभइ अस्ट्रेलियामा सन्चालित मिनी साउथ एशियनकपमा पनि नेपालको लागि उपाधिको वाटोमा अफगानस्तान चुनौती बनेको हो ।
अस्ट्रेलियाको सिड्नीमा सन्चालन भैरहेको मिनी दक्षिण एशियाली फुटबल प्रतियोगिताकोफाइनलमा शनिबार नेपालले अफगानिस्तानको सामना गर्ने भएको छ ।
सिड्नीको म्यारिकभिलमा हुने फाइनल खेलको तयारीका लागि यतिखेर नेपाली खेलाडी अभ्यासमा जुटेका छन । यहाँको बहुसांस्कृतीक विभाग तथा सम्वन्धित मुलुकका फुटबल संघहरुको आयोजनामा सन्चालीत यस फुटबल प्रतियोगिता बास्तवमै राष्ट्रिय झण्डाबिचकै प्रतिस्पर्धाझै रहने गर्छ । सबैले यस प्रतियोगितालाई मुलुकको झण्डासँग जोड्ने गर्छन ।
अस्ट्रेलिया नेप्लीज फुटबल संघकोनेतृत्वमा मैदानमा उत्रिने नेपाली टोलीको कप्तान कुनाल लामाले गर्नेछन ।रक्षक उमेस केसी, स्ट्राइकर विजय कार्की,आमोस नेवार र प्रशिक्षक जगदिश खड्का शनिबारको फाइनलको लागि तयारीका जुटिसकेका छन । ब्यवस्थापकका रुपमा रहेका अनुभवी खेलाडी राजु मानन्धर यस पटक उपाधि जित्ने कुरामा बिश्वस्त देखिन्छन । राजु भन्छन,यस पटक नेपाली टोली सन्तुलित छ र हामी फीजिकली रुपमा कमजोर भएपनि प्राविधिक रुपमा अफगानिस्तान भन्दा बलियो छौ।
खेलाडीहरुको प्रर्दनशवाट आफु बिश्वस्त रहेको बताउछन प्रशिक्षक खड्का ।
राजुले नेपाली टोलीको तालमेल नमिलेका कारण पछिल्ला खेलमा केहि अप्ठरो परेको तर फाइनलमा भने लय पकड्नेबताए ।
नेपाली टोलीले सेमिफाइनलमा श्रीलंकन टोलीलाई हराएको थियो । नेपाली टोलीका खेलाडीहरुमा मिडफील्डर बिवेक गुरुड,बिकास प्रसाइ,दिनेश अमात्य,अनुरोध कार्की,बिशाल सुबेदी, कृष्ण गुरुड, सागर केसी,चेतमान रावल,अशोक खड्का ,रोशन श्रेष्ठ,अंकित मगर ,सुपर गुरुड अजय लामा,ललित तामाड,अनिल
श्रेष्ठ,राज शर्मा ,जोनेस केसी रहेका छन । प्रतियोगिताको सहभागिता अर्थपूर्ण रहने र जित हात पारे अस्ट्रेलियामा पनि नेपाल र नेपालीको पहिचान बृद्धीहुने कुरा अस्ट्रेलिया नेप्लीज फुटबल संघका अध्यक्ष बिश्वनरसिंह राणा बताउछन । फुटबलमार्फत अस्ट्रेलियामा मात्र होइन,नेपालमा पनि यसको प्रर्वधन र बिकासमा योगदान पुरयाउने एन्फाले लक्ष्य लिएको बताउछन अध्यक्ष बिश्वनरसिंह राणा ।
नेपाली टोलीका कप्तान कृनाल लामा खेलमा जित हार भएपनि आफुहरु उपाधिको लागि खेल्ने बताउछन । यो हाम्रो लागि ठुलो प्रतियोगिता हो ,यसमा जित हात पारे टीमको मनोबल उच्च हुने छ । प्रवासमा पनि फुटबलको निरन्तरता दिन पाएको खुसी छन अर्का खेलाडी विजय कार्की । सरस्वती क्लबवाट ब्यवशायिक फुटबल खेलेका विजय भन्छन,कमसेकम अस्ट्रेलियामा बसेर पनि मुलुकको नामसँग जोडिन पाइएको छ, यो नै गौरवको विषय हो ।

२३ माघ २०७०, बिहीबार ०४:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..