एपीएफलाई उपाधि

पर्वत, १८ माघ । राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा एपीएफले न्यु डायमन्ड काठमाडांैलाई ३–० को सोझो सेटले पछि पार्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।
चौथो पर्वत महोत्सवको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा एपीएफले न्यु डायमन्डलाई २५–१४, २८–२६ र २५–२१  को सेटमा पराजित गरेको हो । निकै प्रतिस्पर्धा हुने अनुमान गरीएको सो खेलमा न्यु डायमन्डका खेलाडीहरूको कमजोर प्रदशर्नको फाइदा बटुल्दै एपीएफले खेल अवधिभर न्यु डायमन्डलाई दबावमा राखेको थियो ।
हजारौं दर्शकका बीचमा भएको खेलमा अपेक्षाकृत खेल आफूहरूले खेल्न नसकेको न्यु डायमन्डकी टिम कप्तान रमिला तन्डुकारले बताइन। खेलमा हजारौं दर्शकको समर्थन रहे पनि न्यु डायमन्डको खेलमा भने दर्शकहरू निराश
बनेका थिए ।
खेलमा पराजित भए पनि न्यु डायमन्डकी कप्तान रमिला तन्डुकारले भने उत्कृष्ट खेलाडीको उपाधि पाइन् । एपीएफकै बिनीता बुढाथोकीले बेस्ट सटरको उपाधि पाइन् भने उषा विष्टले बेस्ट ब्लकरको उपाधि प्राप्त गरिन् । खेलमा प्रथम हुने समूहलाई नगद १ लाख रुपैयाँ प्रदान गरिएको थियो भने दोस्रो हुने समूहलाई भने नगद ६० हजार रुपैयाँ प्राप्त गरिएको छ ।
तेस्रो स्थानका लागि भएको खेलमा भने नेपाल पुलिस क्लबले पश्चिमाञ्चल भलिबल संघलाई पनि ३–० को सोझो सेटले जितेको छ । खेलमा २५–१३, २८–२१ र २५–२१ को सेटमा नेपाल पुलिस क्लबले पश्चिमाञ्चल भलिबल संघलाई हराएको हो । खेलमा पुलिस क्लबकी कमला पुनले बेस्ट डिफेन्सको उपाधि प्राप्त गरिन् ।
विजयी समूहहरूलाई सभासद् अर्जुन जोशी र नेपाल भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

१८ माघ २०७०, शनिबार ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..