लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपका तीन खेल चैतमा

ललितपुर, १८ माघ । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत पौडी, शारीरिीक सुगठन र गल्फका खेलहरू आउने चैत महिनामा मात्र सञ्चालन हुने भएको छ । पौडी र शारीरिक सुगठनको मौसमका कारण अहिले प्रतियोगिता सञ्चालन गर्न नसकिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
यसैगरी, गल्फका खेलाडीहरू भने अभ्यासका लागि भारत गएकाले चैतमा गर्ने तयारी भएको परिषद्का योजना तथा प्रतिस्पर्धा विभागका प्रमुख तथा लुम्बिनी च्याम्पियनसिपका संयोजक कमल खनालले जानकारी दिए ।
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपमा समावेश भएका कुल ३३ खेलमा धेरैजसो खेलका प्रतियोगिता सम्पन्न भइसकेका छन् । ‘चैतमा शारीरिक सुगठन, गल्फ र पौडीका खेल सञ्चालन हुनेछन् ।’ विभागका प्रमुख तथा लुम्बिनी च्याम्पियनसिपका संयोजक खनालले भने, ‘अहिले जाडो छ, जाडो मौसममा बढी चिसो हुने हुनाले चिसो पानीमा पौडी खेल्न सकिन्न र शारीरिक सुगठनको तयारी पनि पुगेको छैन । गल्फका तीनजना खेलाडी यही वर्षको सेप्टेम्बरमा हुने एसियन गेमको तयारीका लागि भारतमा प्रशिक्षणमा व्यस्त छन् ।’
परिषद्ले गल्फ संघलाई ३ लाख दिएको छ भने शारीरिक सुगठन र पौडीका लागि ५–५ लाख छुट्ट्याएको छ । संयोजक खनालका अनुसार नेपालमा तातोपानी आउने खाले पौडी पोखरी छैन । राष्ट्रिय पौडी प्रतियोगिता २० देखि २४ चैतसम्म सातदोबाटोमा हुने जानकारी पौडी संघले दिएको छ । तर, त्यो समयमा पनि जाडो भइरहे वीरगन्जमा गराउने तयारी भएको पनि संघले जनाएको छ । पौडीअघि शारीरिक सुगठन ९ र १० चैतमा हुनेछ भने गल्फ ५ देखि ७ चैतसम्म काठमाडौं रोयल नेपालमा चल्नेछ ।
लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपको महत्त्व
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपले खेलमा मात्र नभई राष्ट्रकै विकासमा जोड दिएको राखेपका योजना तथा प्रतिस्पर्धा विभागका प्रमुख तथा लुम्बिनी च्याम्पियनसिपका संयोजक कमल खनालले बताएका छन् । ‘भगवान् गौतम बुद्ध अन्य स्थानमा जन्मिएको चर्चा चलिरहँदा यो प्रतियोगिताको नामैले पनि बुद्धको जन्मबारे भ्रम मेटिदिन मद्दत गरेको छ ।’ उनले भने, ‘विश्वसम्पदा सूचीमा रहेको लुम्बिनीको प्रचार पनि भएको छ ।’
यो प्रतियोगिताले सरकारलाई बजेट विनियोजन गर्न पनि राम्रो शीर्षक मिलेको उनको भनाइ छ । ‘भर्खरै सकिएको संविधानसभाको चुनाबबाट विभाजित भएका सबैलाई एकत्रित गर्न यो प्रतियोगिता सफल भएको छ ।’ उनले भने, ‘यसले एकताको सन्देश दिनाका साथै आउनै लागेको दक्षिण एसियाली र एसियाली गेमको तयारीमा समेत मद्दत गरेको छ ।’

१८ माघ २०७०, शनिबार ०५:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..