ब्वाइज युनियन रेलिगेसननजिक

काठमाडौं, १७ माघ । बिहीबार भएको सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा सरस्वती क्लबसग २–१ ले पराजित भएस“गै ब्वाइज युनियन क्लब रेलिगेसन नजिक पुगेको छ । रेलिगेसनबाट बच्ने गणतीय सम्भावना भने ब्वाइजको कायमै छ । ब्वाइजलाई हराएसगै सरस्वती भने रेलिगेसन दबाबबाट मुक्त भएको छ ।

ब्वाइज युनियन रेलिगेसनबाट बच्न आरसीटी र जावलाखेलबीच हुने खेल महŒवपूर्ण हुनेछ । यदि सो खेलमा जावलाखेल पराजित भए मात्र दुवै क्लबको सम्भावना कायम रहनेछ । ब्वाइज युनियनले बा“की रहेका दुई खेल जित्नुपर्ने हुन्छ भने आरसीटीले पनि दुवै खेलमा जित निकाल्नुपर्नेछ । यस्तोमा जावलाखेल भने बाकी तीनओटै खेलमा पराजित भए मात्र सबै तीन टिमको समान १० अंक हुनेछ र गोल अन्तरमा रेलिगेसनमा पर्ने टिमको छिनोफानो हुनेछ ।
बिहीबार सुरुआती अग्रता कायम गरे पनि ब्वाइज युनियन जोगाउन असफल रह्यो । पहिलो हाफको ७औ“ मिनेटमा नै कप्तान प्रेम घिमिरेले डी–बक्सबाहिरबाट गरेको प्रहार सीधै गोल भएपछि ब्वाइज युनियन अग्रता कायम गर्न सफल भयो । त्यसको १० मिनेट बित्न नपाउदै पीयूष हेनरीले गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएपछि पहिलो हाफमा बराबरीको मौकाबाट चुकेको थियो ।
पहिलो हाफमा अग्रता कायम गरे पनि दोस्रो हाफमा भने ब्वाइज अग्रता जोगाउन असफल रह्यो ।

सरस्वतीका विदेशी खेलाडी हेनरीले ६१औं मिनेटमा २५ यार्डबाट दोस्रो बार च्यापेर गरेको फ्रिकिक प्रहार सीधै गोल भएपछि सरस्वती बराबरी गर्न सफल भयो । ८८औं मिनेटमा राजकुमार घिसिङको पासलाई टंकु लामाले गरेको प्रहार गोल भएपछि सरस्वती विजयी भएको थियो । त्यसअघि हेनरीले गरेका राम्रा प्रहारहरू असफल भए ।
खेलपछि ब्वाइजका प्रशिक्षक विजय महर्जनले गोलरक्षकको गल्तीमा पहिलो गोल भएको भन्दै त्यो गोल नै टिमका लागि ‘टर्निङ पोइन्ट’ भएको बताए । टिमको आर्थिक अवस्था कमजोर हुनु र स्पोन्सर नपाउनाले पनि टिम रेलिगेसननजिक पुगेको बताए । उनले भने, ‘खेलाडीहरू मनिमाइन्डेड भए । मानसिक दबाब लिएर खेलेपछि नतिजा नआएको हो । यसमा खेलाडी प्रशिक्षक र म्यानेजम्यान्टको तालमेल नमिलेकाले गर्दा समस्या भयो ।’
सरस्वतीका प्रशिक्षक अशोक केसीले भने खेलाडीले सेल्फिस खेलेका कारण समयमा स्कोर हुन नसकेको बताए । उनले भने, ‘विदेशी खेलाडीले स्वदेशीलाई नदिने, स्वदेशीले विदेशीलाई नदिने अनि कसरी हुन्छ स्कोर ?’ उनले अन्तिम ६ का लागि टिमले प्रयास गर्ने बताए ।
मनाङ पुलिससग रोकियो शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लब नेपाल पुलिससग १–१ को बराबरीमा रोकिएको छ । बराबरीपछि पनि मनाङ दोस्रो स्थानको थ्री स्टारभन्दा ३ अंकले माथि रहेको छ । पहिलो हाफको ३१औं मिनेटमा सुजल श्रेष्ठको क्रसमा रितेश थापा अगाडि आएको मौकामा दीपक राईले डिफेन्डर दिलीप राईलाई छक्याएर गरेको प्रहार गोल भएपछि मनाङ सुरुआती अग्रता कायम गर्न सफल भयो ।
पहिलो हाफमा केही दबाबमा राखे पनि दोस्रो हाफमा पुलिसले मनाङसग बराबरी ग-यो । पुलिसका लागि ६८औं मिनेटमा भोला सिलवालले गरेको फ्रिकिकमा भरत साहले गरेको प्रहार दोस्रो बारमा लाग्दै गोल भएपछि पुलिस बराबरी गर्न सफल भयो । त्यसपछि पनि मनाङविरुद्ध राम्रा मौकाहरू पुलिसले चुकायो ।
पुलिसका लागि ८४औं मिनेटमा भोला सिलवालको कर्नरमा रमेश कटुवालले गरेको प्रहारलाई विशाल राईले गोललाइनबाट क्लियर गरेपछि मनाङ सम्भावित हारबाट बचेको थियो ।
खेलपछि पुलिसका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उपाधि दाबेदारी कायमै राख्नका लागि महŒवपूर्ण खेल भए पनि बराबरीले टिमलाई फाइदा नै भएको बताए । यद्यपि, टिमले ३ अंकका लागि खेलेको बताए । उनले मनाङले आङ्खनो खेल खेल्न नसकेकाले पनि पुलिसलाई केही राहत भएको बताए ।
मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले धेरै खेलाडी घाइते रहेकाले टिमले राम्रो प्रदर्शन गर्न नसकेको बताए । उनले विंगरहरू चल्न नसकेकाले टिमलाई समस्या भएको बताए । उनले थ्री स्टारविरुद्धको खेलले मनाङको उपाधि यात्रा क्लियर हुने बताए ।

१७ माघ २०७०, शुक्रबार ०६:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..