राष्ट्रिय पौडी प्रतियोगिताका लागि स्विमिङ पुल

सुर्खेत, १६ माघ । सुर्खेतको वीरेन्द्रनगरमा निजी लगानीमा राष्ट्रियस्तरकै पौडी प्रतियोगिता गर्न सकिने स्विमिङ पुल (पौडी पोखरी) को निर्माण सुरु गरिएको छ ।
वीरेन्द्रनगर–६ मा रहेको घन्टाघर पार्कका सञ्चालक चिन्तामणि शर्माले आफ्नै लगानीमा पौडी पोखरीको निर्माण सुरु गरेका हुन् । झन्डै ६५ लाख रुपैयाको लागतमा पौडी पोखरी निर्माण गर्न लागिएको सञ्चालक शर्माले जानकारी दिए ।
पर्यटकीय स्थलका रुपमा यो ठाउलाई विकास गर्न र पौडी खेलमा खेलाडीलाई प्रोत्साहित गर्न स्विमिङ पुलको निर्माण गर्न लागेको शर्माले बताए ।
पौडी पोखरीको नगरपालिकाबाट प्राविधिक जाचसमेत गरिसकिएको सञ्चालक शर्माले बताए । पोखरीको १५ मिटर चौडाइ, २५ मिटर लम्बाइ र छ फिट गहिराइ हुने शर्माले बताए ।
आगामी फागुन मसान्तसम्म निर्माण गरिसक्ने लक्ष्य लिइएको यस पोखरीमा एकैपटक ५०/६० जना पौडी खेल्न सक्नेछन् ।

१६ माघ २०७०, बिहीबार १७:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..