संकटा र एपीएफ विजयी

काठमाडौं, १५ माघ । दशरथ रंगशालामा जारी सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगमा नेपाल एपीएफ क्लबले जावलाखेल युथ क्लबलाई ३–१ ले पराजित गर्दै लिग अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एपीएले थ्री स्टार समान १७ अंक बनाएपनि गोल अन्तरमा पछि परेको हो । मंगलबारनै भएको अर्को खेलमा ब्वाइज युनियनलाई ३–० ले निराश पार्दै संकटाले अन्तिम ६ को सम्भावना बलियो बनाएको छ ।
रेलिगेसन दबाबमा रहेको ब्वाइज विरुद्ध हावि भएको संकटाका लागि ओलावाले आफिज नायक रहे उनले सबै ३ गोलको मौका सिर्जना गर्नुका साथै अन्य निकै लोभलाग्दा प्रहार ब्वाइज युनियनको पोस्टमा गरे । पहिलो हाफमा संकटालाई रोक्ने कोसिस गरे पनि पहिलो हाफको अतिरिक्त समयमा ओलावाले आफिजले डिफेन्डर विट गर्दै निकालेको राम्रो पासलाई अनमार्क राजीव गुरुङले पोस्टको दिशा दिएपछि संकटाले सुरुआती अग्रता कायम ग¥यो ।
पहिलो हाफमा १ गोलको अग्रता कायम गरेको संकटाले दोस्रो हाफको ८१औं मिनेटमा अग्रता दोब्बर बनायो । आफिजले दुई डिफेन्डर विट गर्दै निकालेको उत्कृष्ट क्रसलाई सब्सटिच्युट खेलाडी सल्यान खड्गीले गोल गरेपछि संकटा दोहोरो अग्रता कायम गर्न सफल भयो । संकटाका लागि अतिरिक्त समयमा आफिजले गरेको प्रहार कुलदीप कार्कीले गोल लाइनबाट फर्काएपछि रिबाउन्डमा अञ्जन लखजुले गोल गर्दै टिमका लागि तेस्रो गोल गरे । संकटाका लागि आफिजले झन्डै आधा दर्जन मौकाहरू चुकाएका थिए । उनका प्रहारलाई ब्वाइजका गोलरक्षक राजु योगिले बचाए भने ५७ औं मिनेटमा गरेको प्रहार फस्ट बारमा लागेर बाहिरिएको थियो । संकटाविरुद्धको खेलमा कुनै पनि आकर्षक मौका सिर्जना गर्न नसकेको ब्वाइज युनियनको रेलिगेसन सम्भावना बढ्दै गएको छ ।
खेलपछि ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले खेलाडीले मैदानमा मेहनत नै नगरेको गुनासो गरे । उनले भने, ‘मैदानमा खेलाडीले कुनै प्रकारको मेहेनत गरेनन् । खेलाडी मानसिक रूपमा रेलिगेसनको दबाब लिएर खेले जसले गर्दा टिम पराजित भयो ।’ उनले ब्वाइजले बाकी ३ खेल जित्नै पर्ने दबाब रहेको बताए । ब्वाइजको रेलिगेसनबाट बच्ने गणितीय सम्भावना भने कायमै छ ।
संकटाका प्रशिक्षक राजुकाजी शाक्यले आफिजले राम्रो प्रदर्शन गरेको बताए । उनले भने, ‘आफिजले धेरै राम्रो खेल्यो ऊ विपक्षीलाई गलाउन र पाएका अवसर सदुपयोग गर्न सिपालु छ ।’ उनले टिमको फिनिसिङमा अझै समस्या रहेको भन्दै १८ अंक सम्मले अन्तिम ६ मा स्थान बन्ने बताए । संकटाको ९ खेलबाट १३ अंक रहेको छ ।

एपीएफद्वारा जावलाखेल पराजित

पहिलो हाफमा जावालखेलविरुद्ध ३ गोल गरेको विभागीय टिम एपीएफले दोस्रो हाफमा केही मौका पाए पनि सदुपयोग गरेन । यद्यपि दोस्रो हाफको ७४औं मिनेटमा सौरभ मगरको पासलाई कप्तान प्रदीप महर्जनले गोल गरे पनि जावलाखेलको हार टार्न भने असफल रह्यो ।
पहिलो हाफको ७औं मिनेटमा नै गणेश लावतीले एपीएफलाई अग्रता दिलाए । १७औं मिनेटमा सुदीप सिख्रकारको पासलाई राजेन्द्र रावलले हेड गर्दै टिमको अग्रता दोब्बर बनाएपछि जावलाखेल दबाबमा प-यो । एपीएफले पूरा नियन्त्रणमा लिएको पहिलो हाफको ३७औं मिनेटमा रञ्जन विष्टले दिएको पासलाई राजेन्द्र रावलले डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार सिधै गोल भएपछि महŒवपूर्ण ३ अंक जोड्दै एपीएफ थ्रीस्टार समान १७ अंक जोड्न सफल भयो ।

१५ माघ २०७०, बुधबार ०७:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा समीर राईविरुद्ध..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..