नेपालको सान्त्वना जित

काठमाडौं । एक दिवसीय विश्वकप छनोटको लक्ष्य लिएर न्युजिल्यान्ड पुगेको नेपाली राष्ट्रिय टिमले नवौं स्थानका लागि भएको प्ले अफ म्याचमा युगान्डालाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
नेपालले समूह चरणका चार खेल तथा सातौं स्थानका लागि भएको प्ले अफमा समेत हार बेहोरेको थियो । एक दिवसीय विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले मंगलबार युगान्डाविरुद्धको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा २ बल अगावै सबै विकेट गुमाएर २ सय ४० रन बनाएको थियो । जवाफी ब्याटिङमा मैदान उत्रिएको युगान्डा नेपाली बलरसामु निरीह रह्यो युगान्डा ३६ ओभर ३ बलमा ८० रनमा समेटिएको थियो ।
ओपनिङ लाइन अप राम्रोस“ग चल्न नसके पनि पछिल्ला क्रमका ब्याट्सम्यानले संयमित प्रदर्शन गरेपछि युगान्डाविरुद्ध नेपालले मध्यम स्कोर खडा ग¥यो । नेपालका लागि पृथु बा“स्कोटाले सर्वाधिक ५९ रनको योगदान दिए उनले ५१ बलको सामना गर्दै ९ चौका र १ छक्काको मद्दतमा सो स्कोर खडा गरे । त्यस्तै सरद भेस्वाकरले ४१ रन बनादा विनोद भण्डारीले ३५ रन जोडे । त्यस्तै कप्तान पारस खड्काले ३० रा बनाए भने ओपनरहरू महेश क्षत्री र प्रदीप ऐरीले क्रमश १९ रन र २३ रन बनाएर पेविलियन फर्किएका थिए । युगान्डाका लागि चाल्स वाइस्वाले ३ विकेट लिएका थिए ।
२ सय ४१ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको युगान्डाका लागि ३ खेलाडीले मात्र दोहोरो अंकको स्कोर तयार पार्न सके उसका लागि रिचार्ड ओकियाको १९ रन सर्वाधिक रह्यो भने ओपनर ब्रायन मासबा र अब्राम मुयागबाले क्रमश १३ र १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर तयार पार्न असफल रहे । युगान्डालाई सस्तैमा समेट्ने क्रममा नेपालका सागर पुनले ३ तथा सोमपाल कामी र शक्ति गौचनले २–२ विकेट लिए भने बसन्त रेग्मीको नाममा १ विकेट रह्यो ।

१५ माघ २०७०, बुधबार ०७:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिएअनुकूल..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..