रिट हाल्दै ललितपुर एथलेटिक्स

काठमाडौं, ११ माघ । नेपाल एथलेटिक्स संघको राष्ट्रिय निर्वाचन गर्नका लागि बनेको तदर्थ समितिविरुद्ध ललितपुर जिल्ला एथलेटिक्स संघले पुनरावेदन अदालतमा रिट हाल्ने तयारी गरेको स्रोतको दाबी छ । गत बुधबार ललिपुर जिल्ला संघ गठन भई बुलाल महर्जनको अध्यक्षतामा नयाा कमिटी बनेको थियो । सो कमिटीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य किरण गिरीको संयोजकत्वमा रहेको तदर्थ समितिले तोकिएको मितिभन्दा पछि कमिटी गठन भएको पत्र प्राप्त भएको भन्दै मान्यता दिन अस्वीकार गरेपछि ललितपुर जिल्ला एथलेटिक्स संघ अदालत जाने भएको हो ।
बुधबार जिल्ला संघ गठन गर्ने अन्तिम दिन भएकाले सोही दिन कमिटी गठन गरेपछि त्यसको पत्राचार भने बिहीबार मात्र गरिएको थियो । नियुक्ति नभएका कारण तदर्थ समितिलाई तत्काल फयाक्स तथा ई–मेल गर्न नपाएको जिल्ला संघले बताएपछि तदर्थ समितिले मान्यता नदिने निर्णय गरेको हो ।
१० जनवरीभित्र सबै जिल्ला संघ गठन गर्ने मिति तोकिएको भए पनि तदर्थ समितिले भने २२ जनवरीमा मात्र ४० जिल्ला संघ गठन गर्ने निर्णय गरेको थियो । आफूले गरेको ढिलासुस्तीलाई नहेर्ने र अर्काको मात्र गल्ती देख्ने भन्दै गिरीको संयोजकत्वमा रहेको कमिटीको विरोध हुन थालेको छ ।
अन्तर्राष्ट्रिय र राष्ट्रिय मान्यता प्राप्त गरी एथलेटिक्सका दुई संघ रहेकाले एथलेटिक्समा लामो समयदेखि विवाद थियो । सो विवाद समाधानका लागि राष्ट्रिय मान्यताप्राप्त एथलेटिक्स संघका अध्यक्ष नीलेन्द्र श्रेष्ठकै पहलमा दुवै कमिटी विघटन भई नयाा निर्वाचनका लागि किरण गिरीको संयोजकत्वमा तदर्थ समिति गठन भएको थियो ।
सो समितिले १० फ्रेब्रुअरीभित्र निर्वाचन गरिसक्नुपर्ने सयमसीमा त आईएएएफका प्रतिनिधि जी रामकै उपस्थितिमा तोकिएको थियो । तर, सो समितिले समय सहुन्जेल काम नगरेको र समय सकिन लागेपछि हतारमा काम गरेको आरोप लागेको छ ।

११ माघ २०७०, शनिबार ०६:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..