कुमार र जितेन्द्र डबल्स च्याम्पियन

काठमाडौं, ९ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका कुमार अधिकारी र जितेन्द्र परियारको जोडीले १२औं राष्ट्रिय लनटेनिसको पुरुष डबल्सतर्फको उपाधि जितेको छ ।
प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा कुमार र जितेन्द्रको जोडीले ललितपुरका सन्तोष खत्री र गौरीशंकर श्रेष्ठको जोडीलाई ६–१ र ६–० ले हरायो । महिला सिंगल्समा एपीएफकी विभूति कार्की र कास्कीकी गंगा शर्मा उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा विभूतिले काठमाडौंकी मायांका राणालाई ६–३, ०–६ र ६–१ तथा गंगाले झापाकी इरा राउतलाई ६–३ र ६–३ ले हराए ।
पुरुष सिंगल्समा एपीएफका जितेन्द्र परियारले डोल्पाका मिलन रोकालाई ६–२ र ६–३, सिन्धुपाल्चोकका दावा शेर्पाले सोही जिल्लाका छेवाङ लामालाई ७–६ र ६–३, ललितपुरका सन्तोष खत्रीले एपीएफका आत्माराम कार्कीलाई ६–७, ६–४ र ६–४ तथा कास्कीका अभिषेक बाँस्तोलाले सोलुखुम्बुका हरि हायूलाई ६–२ र ६–३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

९ माघ २०७०, बिहीबार १०:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..