ब्वाइज युनियनसग आर्मी रोकियो

काठमाडौं – नेपाल आर्मी क्लब सहिद स्मारक रेडबुल ‘ए’ डिभिजन लिगको आफ्नो सातौं खेलमा ब्वाइज युनियनसग १–१ गोलको बराबरीमा रोकिएको छ । बराबरीपछि आर्मी लिग अंक तालिकामा ९ अंकका साथ सातांै स्थानमा रहेको छ । ब्वाइज युनियन आर्मीसँग बराबरीपछि ४ अंकका साथ रेलिगेसन जोनमा
कायमै छ ।
आइतबार दशरथ रंगशालमा भएको खेलमा नेपाल आर्मीले पहिलो हाफको सातौं मिनेटमा नै दीप लामाको गोलबाट अग्रता कायम गरे पनि त्यसपछि खेलमा थप गोल गर्न असफल रह्यो । टंक बस्नेतको क्रसलाई भरत खवासले हेड पास दिएपछि दीप लामाले गरेको हेड प्रहार गोल भएपछि आर्मीले सुरुआतमा नै गोल गर्न सफल भयो ।
यद्यपि, २२औं मिनेटमा विनोद लामाले ३० यार्डबाट गरेको फ्रिकिक प्रहार सीधै गोलमा परिणत भएपछि ब्वाइज युनियन र आर्मीबीच १–१ को बराबरी भयो । ३६औं मिनेटमा राजु तामाङले ‘डी’ बक्स बाहिरबाट गरेको प्रहारलाई ब्वाइजका गोलरक्षक राजु योगीले क्लियर गरेपछि आर्मीले थप मौका सिर्जना गर्न सकेन ।
दोस्रो हाफमा पनि कडा चुनौती दिएको ब्वाइज युनियनले आर्मीलाई गोलका मौकाहरू सिर्जना गर्न दिएन । ब्वाइज युनियनले अतिरिक्त समयमा पाएको राम्रो मौका बारमा लागे उसको जितको सम्भावना टरेको थियो । सचिन्द्र राईले गरेको उत्कृष्ट प्रहार पहिलो बारमा लाग्दै फर्किएपछि महŒवपूर्ण ३ अंकबाट ब्वाइज युनियन
चुक्यो ।
खेलपछि ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले खेलाडीको प्रदर्शन उत्कृष्ट भएको बताए । उनले भने, ‘हामीले उच्च आत्मविश्वासका साथ आर्मीविरुद्ध खेल्यौं । आर्मीस“गको बराबरीमा खुसी छु ।’ उनले बा“की खेलमा जित निकाल्दै रेलिगेसनबाट बच्ने सम्भावना रहेको बताए ।
आर्मीका प्रशिक्षक योगम्बर सुवालले अहिलेसम्म खेलेका खेलमध्येको सबैभन्दा खराब प्रदर्शन आइतबार भएको बताए । उनले भने, ‘म यो खेलबाट सन्तुष्ट हुने कुरै भएन यो अहिलेसम्म खेलेका सबै खेलभन्दा खराब खेल रह्यो ।’
जावलाखेलद्वारा
फ्रेन्ड्स पराजित
आइतबार नै भएको अर्को खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा दुवै टिमले कुनै गोल गर्न नसके पनि दोस्रो हाफको ५७औं मिनेटमा फ्रेन्ड्सका अनिल ओझाले गरेको क्रसलाई क्लियर गर्न खोज्दा जावलाखेलका सुशील शाहले आफ्नै पोस्टमा गोल गर्न पुगेपछि फ्रेन्ड्स आत्माघाती गोलबाट अग्रता कायम गर्न सफल भयो । त्यसको एक मिनेट बित्न नपाउ“दै उमेश थापाले जावलाखेललाई बराबरीमा ल्याए । फ्रेन्ड्सका लागि ८१औं मिनेटमा भिक्टरले दुई डिफेन्डर विट गर्दै गरेको प्रहारलाई जावलाखेलका विवेक बस्नेतले गोललाइनबाट क्लियर गरेपछि फ्रेन्ड्स अग्रताबाट वञ्चित भयो ।
८२औं मिनेट जावलाखेलका लागि निर्णायक बन्यो । विवेक बस्नेतले डिफेन्डरलाई छलाउ“दै ‘डी’ बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहारले पोस्टको दिशा लिएपछि जावलाखेलले खेललाई २–१ ले आफ्नो पक्षमा पा¥यो । त्यसअघि पनि केही राम्रा प्रहार भए पनि गोल गर्न दुवै टिम असफल भए ।
खेलपछि जावलाखेलका प्रशिक्षक किशोर केसीले टिममा राहत मिलेको बताए । उनले आगामी खेल अज राम्रो खेल्ने बताए । उनले रेलिगेसन संकट टरिनसकेको भन्दै आगामी खेल जित्ने हौसला बढेको बताए । फ्रेन्ड्सका प्रशिक्षक मेघराज केसीले राम्रो खेल्दा खेल्दै पराजित भएको बताए । उनले भने, ‘हामीले राम्रो खेल्दा खेल्दै हा¥यौं । खेलमा यस्तो कहिलेकहीँ हुन्छ ।’ उनले हारले टिमलाई असर गरे पनि आगामी खेलमा जित निकाल्ने बताए ।

६ माघ २०७०, सोमबार ०७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..