विश्व नरसिंह राणाको खेलकुद मार्फत नेपाल चिनाउने रहर

हेमन्त काफ्ले, अष्ट्रेलिया, ६ माघ । खेलप्रतीको पुरानै लगाव हो उनको । स्कुले जिवनदेखिनै खेलकुद भन्ने बित्तीकै मरिहत्ते गर्थे विश्व नरसिंह राणा । बडाहाकीमको सन्तान भएर प्युठानमा हुर्केर भारतमा पढेपनि राजधानी ठमेलको मुलघर र राणाकालिन खेलकुदको प्रभावले बिश्वलाई छाडेको थिएन ।
नेपालमा रहँदा मात्र हैन सात समुन्द्रपार अस्ट्रेलिया आएर पनि खेलकुद मोहले छाड्न बिश्वनरसिंहलाई । बिध्यार्थी जिवन सकेर स्वदेश फर्कने उनको चाहनामा मुलुकको बिग्रदो परिस्थीती र घरेलु बाताबरणले छेको लगाएपछि बिश्व अस्ट्रेलियाको सिड्नीमै स्थायी बासिन्दा बने । हाम्रा होइन राम्रालाई मौका दिनपनि समाजमा केहि गर्नुपर्छ, भन्ने उनको मान्यताले बिश्व नरसिंहलाई सधै घचघचाइरह्यो ।
सामाजिक र मुलुकको नाम जोडिने हरेकखाले कार्यक्रममा सपरिबार देखिने बिश्वनरसिंह यतिखेर फुटबल बिकाशमा कम्मर कसेर लागिपरेका छन । सन २०११को नोभेम्बरमा केहि फुटबलप्रेमीको सहयोगमा अस्ट्रेलियन नेप्लीज फुटबल एसोसिएसन(एन्फा) गठन भएपछि सक्रिय बिश्व अहिले त्यसको नेतृत्वमा पुगेपछि अस्ट्रेलियामा नेपाल र नेपाली झण्डा फहराउने काम गर्दै आएका छन । सन २०१३मा आएर एन्फाको अध्यक्ष भएपछि राणाले यसलाई फराकिलो दायरामा अगाडि बढाएका छन । नेपाल र नेपालीमा सिमित फुटबल संघ यतिखेर दक्षिण एशिया हुदै एशियालीस्तरसम्म पुगेको छ । सिड्नीमा सञ्चालन भैरहेको मिनी दक्षिणएशियाली फुटबल प्रतियोगितामा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । जसले फुटबल मार्फत मुलुकको नाम र स्तरलाइ अस्ट्रेलियामा पनि पहिचान गराउने काम गरेको छ ।
हामीले फुटबल मार्फत मुलुकको झण्डा फहराउने सानो प्रयासको थालनी गरेका हौ, अध्यक्ष राणाले बताए । हाल रकडेलका स्थायी बासिन्दा बनेका राणाको सोच भने सानो छइन । फुटबल मार्फत नेपाल र नेपालीको पहिचान अनि समृद्धी र एकता उनको ध्येय बनेको छ । मिनी दक्षिण एशियाली फुटबल प्रतियोगिताको आयोजक र सहभागी बनेको एन्फाले निकट भबिष्यमा हुने मिनी एशियन फुटबल प्रतियोगितामा पनि सहभािगता जनाउने पक्का भैसकेको छ ।
फुटबलमार्फत अस्ट्रेलियामा मात्र होइन,नेपालमा पनि यसको प्रर्वधन र बिकासमा योगदान पुर्याउने एन्फाले लक्ष्य लिएको बताउछन अध्यक्ष बिश्वनरसिंह राणा । निकट भबिष्यमा नै हामी अखिल नेपाल फुटबलसँग आवद्धताको प्रकृया अगाडि बढाउने निर्णय गरेका छौ र त्यसका लागि संघका उपाध्यक्ष राजु मानन्धर नेपाल जादै हुनुहुन्छ, राणाले सुनाए ।
आगामी महिनादेखि करिब ४ महिना नेपाली फुटबल टोलीलाई बन्द प्रशिक्षणमा राख्ने उनको योजना रहेको छ। हामी मिनी साउथ एशियन फुटबलमा सेमिफाइनलको अवस्थामा छौ , निकट भबिष्यमा एशिया कप खेल्दैछौ त्यसैले टिम वर्क र स्तरबृद्धीका लागि बन्द प्रशिक्षण जरुरी देखेको छु,उनले बताए ।
एन्फाले यु १६, महिला टोली र सिनियर टोली गरेर तिनवटा टोली बनाउने र तिनलाई लगातार प्रशिक्षणमा राख्ने कार्यक्रम बनाएको छ। संभवत फेब्रुअरी महिनादेखिनै सो प्रशिक्षण प्रारम्भ हुनेछ ।
त्यसका लागि सिड्नी वन्डरस जस्तो ए डिभिजन टोलीको प्रशिक्षक आउने पक्का भैसकेको छ, राणाले बताए । छोरी एलिसा राणा र श्रीमती ड्याबीसँंगको साथमा रमाएका बिश्वनरसिंह यतिखेर फुटबलसँगै अन्य समाजसेवामा पनि सक्रिय देखिन्छन । उनको एउटा सपना अझै बाकी छ, सिड्नीमा फुटबल एकेडेमी खोल्ने । सपना देखेपछि पुरा गर्नु पर्छ भन्ने अठोटमा लाग्ने राणा निकट भबिष्यमा नै जुनियर फुटबल एकेडेमीको योजनामा तल्लीन छन । उनि भन्छन, यो योजना सफल भएमा बल्ल नेपाली फुटबलमा टेवा पुग्ने थियो । सिड्नी एकेडेमीवाट राम्रो खेलाडी उत्पादन गर्न सके नेपाल र नेपाली फुटबलमा टेवा पुग्न सक्ने विश्वास लिएको छु ।

६ माघ २०७०, सोमबार ०१:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..